ढुंगा होइन, आमा हो 😢 मूर्ति होइन, माया हो 💔
💔🙏 सामाजिक सञ्जालमा यतिबेला एउटा यस्तो भिडियो फैलिरहेको छ, जसले जो–कोहीको मन चसक्क पार्न सक्छ। मनोज पोख्रेलको फेसबुक अकाउण्टबाट सार्वजनिक गरिएको उक्त भिडियो उनकी स्वर्गीय आमा पवित्रा पोख्रेलसँग जोडिएको छ। भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा आमालाई गुमाएका उनले आमाप्रतिको श्रद्धा र प्रेमलाई अत्यन्त भावुक तरिकाले व्यक्त गरेका छन्।
🏠🌼 नयाँ घरमा गृहप्रवेश गर्दा उनले आमाको पूजा गरेर प्रवेश गरेका छन्। नयाँ घरमै स्वर्गीय आमाको मूर्ति स्थापना गरी दिनहुँ श्रद्धापूर्वक पूजा गर्दै आएका छन्। यही क्रममा छोरा मनोज पोख्रेल भावुक हुँदै भन्छन्—
“ढुंगा–माटो पूजा गरेर के भो र? तिमी नै हौ मेरो त ईश्वर, आमा।” 💔🙏
🕊️💐 स्वर्गीय पवित्रा पोख्रेलका एक छोरा र दुई छोरी रहेका छन्। आमाको भौतिक उपस्थिति नभए पनि, उनको माया, संस्कार र आशीर्वाद सन्तानको जीवनमा सधैँ अमर रहने सन्देश यो दृश्यले दिन्छ।
Source: Manoj Pokhrel
#goviral #fypageシ #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
January 13, 2026
Rating:


No comments