तपाईंको मोबाइलमा पनि यस्तो sms आएको छ ? किन र कसरी र कहाँबाट आयो ?


📩 राजावादी प्रदर्शनका नाममा लाखौँ एसएमएस पठाइएको विषयमा नेपाल टेलिकमले स्पष्टीकरण दिएको छ। टेलिकमले आफ्ना प्रणाली प्रयोग गर्ने केही सेवा प्रदायकले सम्झौता विपरीत राजनीतिक सन्देश पठाएको स्वीकार्दै, ग्राहकको व्यक्तिगत मोबाइल नम्बर वा विवरण आफूले उपलब्ध नगराएको दाबी गरेको छ।

📱 पछिल्ला दिनमा ३० पुसको राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै आकाश एसएमएस र एसआई अलर्टमार्फत ५० लाखभन्दा बढी एसएमएस पठाइएको विषयलाई लिएर आलोचना बढेपछि टेलिकमले विज्ञप्ति जारी गरेको हो।



⚠️ टेलिकमका अनुसार, भ्यालु एडेड सर्भिस (VAS) अन्तर्गत आबद्ध केही सेवा प्रदायकले व्यापारिक प्रयोजनभन्दा फरक राजनीतिक प्रकृतिका सन्देश प्रवाह गरेपछि व्यापक गुनासो आएको छ। टेलिकमले यस्ता राजनीतिक, धार्मिक वा साम्प्रदायिक सद्भाव बिगार्ने सन्देश नपठाउन सम्बन्धित सेवा प्रदायकलाई सचेत गराएको जनाएको छ।

#smartnepal #NepalTelecom #goviral
तपाईंको मोबाइलमा पनि यस्तो sms आएको छ ? किन र कसरी र कहाँबाट आयो ?  तपाईंको मोबाइलमा पनि यस्तो sms आएको छ ? किन र कसरी र कहाँबाट आयो ? Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on January 13, 2026 Rating: 5

No comments

Videos