सुश्माले एउटा स्टेमा 5 Minutes सम्म डान्स गरेको 3Lakhs चार्ज गर्छिन त ?

भर्खरै एक पोडकाष्टमा मोडल तथ नायीका सुश्मा कार्कीलाई परीश्रमीकको कुरा कोट्याउँदा,त्यो त केटाहरुले मलाई त्यस्तो भन्न लगाएको हो मैले आफै भनेकि हैन भनेकि थिईन ।



जस्लाई कार्यक्रम प्रस्तोता नरेन्द्र राउलेले फेसबुक मार्फत खण्डन गर्दै मैले सिकाएको हैन, सुश्माले नै दिएको जवाफ थियो भन्दै स्पष्ट पारेका छन् ।


आज भन्दा ९ वर्ष अगाडिको भिडियोमा प्रस्तोताले

एउटा प्रोगाम गरेको पारीश्रमीक कति लिनु हुन्छ भन्ने प्रश्नमा सुश्मा कार्कीले एउटा स्टेमा ५ मिनेट सम्म डान्स गरेको ३ लाख सम्म चार्ज गर्छु भनेकि थिईन - भनेकिनै थिईन । प्रस्तोता राउले म तपाईसंग बिवाह गर्न चाहान्छ भन्दा सुश्माले घरमा माग्न आउनुनपनि भनेकि थिईन ।


राउलेले फेसबुकमा लेख्छन्:

-सुषमा कार्कीसंग आजभन्दा ९ वर्ष अगाडी मैले 'फ्रन्टलाइन नेपाल' का लागि कुराकानी गरेको थिए । उक्त भिडियोले हालसम्मकै सबैभन्दा बढी भ्युज, कमेन्ट पायो । उक्त क्लीप सोसल मिडियाभरी छरपस्ट भाइरल भयो । राष्ट्रिय टेलिभिजन, युट्युब च्यानलदेखी, पड्कास्टहरुमा सबैले सुषमालाई उक्त प्रसंगबारे कोट्याईरहे, कोट्याईरहे । नेपाली मात्र होईन विदेशीले पनि यस क्लीपमा टिकटक भिडियो बनाएको पाईयो । ९ वर्ष बिते पनि अझै 'फ्रन्टलाइन नेपाल' को भिडियोको प्रसंग र प्रश्न सोध्न छाडेका छैनन् । 


आम दर्शकहरु र प्रश्न सोध्नेले सुषमालाई चिने पनि 'फ्रन्टलाइन नेपाल' लाई चिनेनन्, क्रेडिट दिने कष्ट गरेनन् । त्यसमा दुखेसो पटक्कै छैन । तर, हालै मात्र एक पड्कास्टमा सुषमाले दिएको जवाफ सुन्दा खल्लो र नमज्जा लाग्यो । 'प्रश्नकर्ताले सिकाएको हो, भन्न लगाएको हो' भन्ने रेडीमेड जवाफ दिएको सुनियो । जुन सत्य होईन । बनावटि जवाफ हो । 


यति चर्चित, नाम कमाईसकेकी, देश, विदेश पुगिसकेकी सुषमा कार्कीले यत्ति झुटो नबोलिदिएको भए हुन्थ्यो । आम दर्शकहरुले सायद यो कुरा बुझ्नु नै हुन्छ । यस्ता दुष्प्रचारहरुबाट सचेत रहन फेरी पनि आग्रह गर्छु । उक्त कुराकानी स्वतस्फुर्त नै थियो । मैले सिकाएको हैन, सुषमाले नै दिएको जवाफ थियो भन्ने स्पष्ट पार्न चाहन्छु ।

#sushmakarki #smartnepal #narendraraule

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post