🤔राउटे… नेपालको अन्तिम जाति,जो आज पनि आधुनिक नेपाली समाजबाट टाढै बस्न रुचाउँछन्।

डिजिटल दुनियाँ त उनीहरूका लागि परैको कुरा 📵हामीले बाँचिरहेको आजभन्दा २० वर्ष अघिको संसारसमेत उनीहरूले अनुभव गरेका छैनन्। उनीहरूको आफ्नै समय छ ⏳आफ्नै बाटो छ 🌲


आफ्नै संसार, आफ्नै नियम–कानुन ⚖️

आफ्नै भाषा–भूषा 👣आफ्नै राजा–रैती 👑र आफ्नै पहिचान 🤍


देशको अवस्था उनीहरूलाई थाहा नहुन सक्छ,सायद मतलब पनि नहोला।

किनकि एउटै देशभित्र पनि उनीहरूले आफ्नै देश बनाएर बाँचिरहेका छन् 🌍


लोपोन्मुख जाति भएकै कारण

राज्यले उनीहरूको जीवनयापनका लागि

मासिक रूपमा भत्ता उपलब्ध गराउँदै आएको छ 💰सहयोगको नाममा दिइएको यो व्यवस्था सुरक्षा पनि हो,तर सँगै एउटा मौन प्रश्न पनि हो—के यसले उनीहरूको आत्मनिर्भरता जोगाइरहेको छ कि बिस्तारै निर्भर बनाइरहेको छ ? 🤍🤔


उनीहरुलाई नेपाली समाजमा फर्काउन

सधैँ प्रयास भइरहेकै छ 🙏तर समयसँगै, आजभोली उनीहरू पनि नेपाली बोल्न थालेका छन् 🗣️ अन्य समुदायसँग भेटघाट गर्न थालेका छन् 🤝काम–धन्दा सम्हाल्न थालेका छन् 🔨

र आफूलाई मन लागेका कुरा

आफ्नै तरिकाले गर्न थालेका छन् 🌱


यो परिवर्तन हो कि सम्झौता ?

यो विकास हो कि बिस्तारै हराउँदै गएको पहिचान ? 🤔उत्तर जे भए पनि—

राउटेहरूको कथा हाम्रो समाजको आत्मा सम्झाउने एउटा मौन पाठ हो 🤎🙏

#smartnepal #goviral #Raute 

Photo: Raju paudel

Post a Comment

0 Comments