डिजिटल दुनियाँ त उनीहरूका लागि परैको कुरा 📵हामीले बाँचिरहेको आजभन्दा २० वर्ष अघिको संसारसमेत उनीहरूले अनुभव गरेका छैनन्। उनीहरूको आफ्नै समय छ ⏳आफ्नै बाटो छ 🌲
आफ्नै संसार, आफ्नै नियम–कानुन ⚖️
आफ्नै भाषा–भूषा 👣आफ्नै राजा–रैती 👑र आफ्नै पहिचान 🤍
देशको अवस्था उनीहरूलाई थाहा नहुन सक्छ,सायद मतलब पनि नहोला।
किनकि एउटै देशभित्र पनि उनीहरूले आफ्नै देश बनाएर बाँचिरहेका छन् 🌍
लोपोन्मुख जाति भएकै कारण
राज्यले उनीहरूको जीवनयापनका लागि
मासिक रूपमा भत्ता उपलब्ध गराउँदै आएको छ 💰सहयोगको नाममा दिइएको यो व्यवस्था सुरक्षा पनि हो,तर सँगै एउटा मौन प्रश्न पनि हो—के यसले उनीहरूको आत्मनिर्भरता जोगाइरहेको छ कि बिस्तारै निर्भर बनाइरहेको छ ? 🤍🤔
उनीहरुलाई नेपाली समाजमा फर्काउन
सधैँ प्रयास भइरहेकै छ 🙏तर समयसँगै, आजभोली उनीहरू पनि नेपाली बोल्न थालेका छन् 🗣️ अन्य समुदायसँग भेटघाट गर्न थालेका छन् 🤝काम–धन्दा सम्हाल्न थालेका छन् 🔨
र आफूलाई मन लागेका कुरा
आफ्नै तरिकाले गर्न थालेका छन् 🌱
यो परिवर्तन हो कि सम्झौता ?
यो विकास हो कि बिस्तारै हराउँदै गएको पहिचान ? 🤔उत्तर जे भए पनि—
राउटेहरूको कथा हाम्रो समाजको आत्मा सम्झाउने एउटा मौन पाठ हो 🤎🙏
#smartnepal #goviral #Raute
Photo: Raju paudel
