Samragyee को सकियो Stardom ? फ्लप फ्लिमको लाग्यो चाङ्ग । फापेन साम्रागीलाई स्क्रिप्ट ।

 



चलचित्र ड्रिम्सबाट रजतपटमा डेब्यु गरेकी साम्राज्ञी राज्य लक्ष्मिले शाहले पछिल्लाे पटक अभिनय गरेकाे फिल्म लण्डन टु पेरिस हाे ! ड्रिम्सदेखि लण्डन टु पेरिस सम्म आईपुग्दा साम्राज्ञीले कुल एघार चलचित्रमा अभिनय गरिसकेकि छिन् ! मेगास्टार अनमाेल केसीसँग डेब्यु गरेकी साम्राज्ञीकाे फिल्मि करियर सुरुवाती दिनमा जस्ताे हिजाेआज चम्किलाे छैन ! दुई दुर्जन फिल्ममा अभिनय गरिसके पनि साम्राज्ञीकाे सम्झन लायक फिल्म एकाद मात्र छन् ! पहिलाे चलचित्र ड्रिम्सबाट सिने नगरीमा क्युट एण्ड बाेल्ड नायिकाकाे छवि बनाएकि साम्राज्ञीले दाेश्राे चलचित्र ' ए मेराे हजुर २' गर्दासम्म पछाडी फर्केर हेर्नुपरेन ! २ फिल्मकाे हाईपले उनलाई स्टार नायिकाकाे रुपमा स्थापित गराईसकेकाे थियाे ! लगातार २ फिल्म सफल भएपछि साम्राज्ञीकाे क्रेज ह्वात्तै बढ्याे ! उनलाई सिने नगरी नम्बर 1 नायिकाकाे दर्जा दिन थालिएकाे थियाे ! त्यसपछि उनले मङ्गलम र तिमी सँग चलचित्रमा अभिनय गरिन् ! ती दुबै चलचित्रले साम्राज्ञीकाे हाईपलाई खासै मेन्टेन गर्न सकेन् ! साम्राज्ञी अभिनित फिल्मले साेचे अनुसार व्यापार नगरे पनि उनले फिल्म भने पाईरहेकि थिईन् ! चलचित्र तिमीसँग पछि उनले अभिनय गरेका फिल्महरुमा कायरा,ईन्टु मिन्टु लण्डनमा,मारुनी,राताे टीका निधारमा,ह्यारी कि प्यारी,नाङ्गाे गाउँ, र लण्डन टु पेरिस हाे ! यता साम्राज्ञीकाे फिल्मि करियरकाे ढाेका सन् २०१४ मा फेस अफ क्लासिक डायमण्ड ज्वेलर्स फेसन प्रतियोगितामा दोस्रो रनर-अप भएपछि खुलेकाे थियाे ! प्रतियोगितामा मोडल अस्मि श्रेष्ठ विजयी भइकि थिईन भने अभिनेत्री तथा मोडल परमिता आरएल राणा फस्ट रनरअप भइकि थिईन् । प्रतियोगिता पछि, शाहकाे M&S र VMAG पत्रिकाको लागि कभर फाेटेसुट र अन्तरबार्ता गरिएकाे थियाे ! जसमा उनले मोडल बन्ने आफ्नो इच्छा प्रकट गरिन्,उनले आफ्नाे आत्मसम्मान बढेको र "एक व्यक्तिको रूपमा अझ सुन्दर र आत्मविश्वासी" महसुस गरेको बताइनकि थिईन् । उक्त प्रतियोगिताले उनको लोकप्रियता र पहिचानलाई बढाएकाे थियाे ! मोडेलको रूपमा उनकाे सीपलाई सुधार्न मद्दत गर्यो, प्रतियाेगिताले आत्मविश्वास बढाउनुकाे साथै मोडलको रूपमा अझै धेरै सिक्न बाँकी छ" भन्ने महसुस गराएको थियो ! एघाराैँ चलचित्रसम्म आईपुग्दा साम्राज्ञीकाे सुन्दरताकाे तारिफ भएपनि अभिनय क्षमताकाे खासै तारिफ भएकाे पाँईदैन ! उनकाे दुई चलचित्र मङ्गलम र मारुनीमा निर्देशक नबल नेपाल दाेहिरिए पनि अन्य फिल्ममा निर्देशक दाेहिरिएका छैनन् ! उनले अभिनय गरेकाे सबै फिल्म प्राय लब जनरामा निर्माण भएका छन् ! उनलाई फिल्म जनरा फापेन कि फिल्म क्षेत्रलाई उनी फापिनन् त्याे भने यसै हाे भन्न सकिन्न ! पहिलाे दुई चलचित्र गर्दा जति हाईप साम्राज्ञीले पाएकि थिईन् त्यति हाईप अन्य चलचित्र ले दिएकाे छैन् ! केही साता अघि प्रदर्शन भएकाे फिल्म लण्डन टु पेरिसले पनि साेचे अनुसारकाे माँया पाउन सकेन ! तसर्थपनि साम्राज्ञीकाे करियर गायक रामकृष्ण ढकालकाे गित ओराली लागेकाे हरिणकाे चाल भाे भनेझै भएकाे छ ! त्यसैले पनि पनि साम्राज्ञीले आगामी फिल्ममा काम गर्नु अघि साेच्नु पर्ला कि ? जे हाेस साम्राज्ञीलाई आगामी फिल्म सफलताकाे शुभकामना !



Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post