विश्वकप जित्दै नेपालले हराएको टिम अफगानिस्तान । कहाँ चुक्यो नेपाल

 दश बर्ष अघि टि-ट्वान्टी बिश्वकप क्रिकेटमा नेपालसँग पराजित भएकाे अफगान्स्तान यस बर्षकाे उपाधी दाबेदारीकाे नजिक पुगेकाे छ ! बर्ष सन् २०१४ टि-ट्वान्टी बिश्वकपमा पारस खड्काकाे नेतृत्वमा रहेकाे नेपाली टाेलीले अफागानस्तानलाई ९ रनले राेमान्चक तरिकाले पराजित गरिएकाे थियाे ! तर दस बर्ष पछि पुनह टि-ट्वान्टी बिश्वकपमा पुगेकाे नेपाल समूह चरणबाट बिना जित नै बाहिरिदै गर्दा पराजित टाेली अफगानस्तान भने सेमिफाईनलमा प्रबेश गरेकाे छ ! दश बर्षकाे अबधिमा अफगानि टाेलीले आफुलाई सुधार गर्याे कि नेपाल काे प्रदर्शन खस्कियाे त्याे आत्म समिक्षाकाे बिषय हाे ! प्रतियाेगितामा जित हात नपारे पनि उत्कृष्ट प्रदर्शन गरेर बारम्बार जितकाे नजिक पुगेकाे नेपाली टाेलीले अफगानी टाेलीकाे प्रदर्शनबाट केहि सिक्नु त पक्कै पर्छ !





जितकाे स्वाद चाख्न बन्चित नेपाली टाेली  कहाँ नीर चुक्याे भन्ने चासाेकाे बिषय बनेकाे छ ! यता सुपर आठकाे अन्तिम खेलमा बंगलादेशलाई हराउदै अफगान्स्तान सेमिफाईनलमा प्रबेश गरेकाे हाे ! यस बर्षकाे बिश्वकप सुरुभए सँगै राम्राे प्रदर्शन गर्दै आएकाे अफगानस्तानले अबकाे सेमिफाईनल खेल क्रिकेटकाे पावर हाउस मानिने दक्षिण अफ्रिकासँग खेल्नेछ ! उपाधिकाे दुई कदम अघि रहेकाे अफगानी टाेलीकाे लागि दक्षिण अफ्रिका बिरुद्दकाे खेल सुनाैलाे अबसर हुन सक्छ ! ठुला प्रतियाेगिता अभागि टाेलिका रुपमा लिईने दक्षिण अफ्रिकालाई अफगानि टाेलीले पुनह एक पटक निराश बनाउन सक्छ ! प्रतियाेगिताभर राम्राे प्रदर्शन गर्ने दक्षिण अफ्रिका जब उपाधी हाेड नजिक पुग्छ तब लय समाल्न सक्दैन र हार बेहाेर्न पुग्छ,जुन कुरा अफगानस्तान टाेलीकाे लागि प्लस पाेईन्ट हुन सक्छ ! प्राय ठुला राष्ट्रसँग खेल्ने बानी भएकाे दक्षिण अफ्रिकाकाे प्रदर्शन साना राष्ट्रहरुसँग झनै कमजाेर हुने गर्छ ! जसकाे गतिलाे उदाहरण नेदरल्याण्ड सँगकाे ओडिआई र टि-ट्वान्टी बिश्वकपकाे हार हाे ! दक्षिण अफ्रिकालाई नेदरल्यान्डले दुबै फरम्याटमा हराएकाे छ ! याे पटककाे बिश्वकपमा समेत यशाेशियट राष्ट्र नेपालले लगभग राेमान्चक जित हात पारिसकेकाे थियाे तर नेपालले अन्तिम ओभरमा फिनिसिङ टच दिन नसक्दा दक्षिण अफ्रिकाले मुस्किल जित हात पारेकाे थियाे ! दक्षिण अफ्रिका यसबर्बर्षकाे टि-ट्वान्टी बिश्वकपमा अपराजित रहेकाे टिम मध्ये एक हाे ! उसले कुल सात खेल खेलिसक्दा सातै खेलमा जित हात पारेकाे छ ! यता अर्काे सेमिफाईनल खेल्ने भारतले पनि प्रतियाेगिता कुनै खेल हारेकाे छैन ! अफगान्सतान र ईङ्गल्याण्डले प्रतियाेगिता भर दुई-दुई खेल हारेका छन् ! तर अफगान्स्तानले जितेका ५ वटै खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै भारी अन्तरले जित हात पारेकाे छ ! जुन अफगान्तानकाे लागि अर्काे प्लस पाेईन्ट हुन सक्छ ! बिश्वकप क्रिकेटमा समाबेश २० टाेली मध्ये पुराना र अनुभबी खेलाडी समाबेश रहेकाे टिममध्ये अफगान्स्तान पनि एक हाे ! बिश्वकपभरि अफगानी टाेलीले ब्याटिङ,बलिङ, र फिल्डिङ सबै कुरामा राम्राे प्रदर्शन गरिरहेकाे छ ! कुनै एक खेलाडीकाे ब्यक्तिगत प्रदर्शन भर नपरि टाेलिले टिम गेमलाई बिश्वास गरेकाे छ ! टिमका प्राय सबै खेलाडीले प्रतियाेगिताभर राम्राे प्रदर्शन गरिरहेकाे छ ! प्रतियाेगितामा अफगानी टाेलीले विश्व क्रिकेटकाे बादसाह मानिने टाेली अष्ट्रेलिया,न्युजल्याण्ड,बंगलादेश जस्ता ठुला टाेलीलाई लाई हराई सकेकाे छ ! जे हाेस बिश्वकपभरि क्रिकेट समर्थकलाई सरप्राईज गरेकाे अफगानी प्रदशनले दक्षिण अफ्रिका बिरुद्दकाे खेलमा पनि सरप्राईजिङ जितकाे अपेक्षा गरेका छन् ! अफगानी टाेली याे पटककाे प्रदर्शनका कारण डिजर्भिङ टाेली पनि हाे ! बिश्वकपकाे अन्तिम तीन खेल बाँकी रहँदा खेल समर्थकमा राेमान्चकता झनै थपिएकाे छ ! अफगानी टाेली जितलाई निरन्तरता दिदै दक्षिण अफ्रिकासँगकाे खेलमा जित हात पार्दै बिश्वकप ट्रफिलाई नजिकबाट नियाल्न आतुर छ ! अफगानी टाेलीले जित हात पारेकाे खण्डमा भारत र ईङ्गल्याण्ड बिच हुने दाेश्राे सेमिफाईनलकाे बिजयी टाेलीसँग फाईनल खेल्नेछ ! तसर्थपनि अफगानी टाेलीले बिश्वकप ट्रफि उचाल्न सफल हाेस शुभकामना !

Link: https://www.facebook.com/smarttvnepal79/videos/1504488777164828

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post