नग्न अबस्थामा देखिईन प्रियंका कार्की-१८ बर्ष मुनिकाले आमाबुबाकाे साथमा हेर्नुपर्ने

 नायिका प्रियंका कार्की अभिनित नयाँ ओएब सिरिज 'साहु बा' बिबादमा तानिएकाे छ ! केहि साता अघि टिजर सार्बजनिक गरेकाे 'साहु बा' युनिटले केहि दिन अघि मात्र ट्रेलर सार्बजनिक गरेकाे थियाे ! टिजर सार्बजनिक भए लगत्तै चर्चा कमाएकाे सिरिजले ट्रेलर सार्बजनिक भएपछि भने चर्चासँगै बिबाद पनि खेप्नु परेकाे छ ! सस्पेन्स थ्रिलर जनरामा निर्माण भएकाे सिरिजमा नायिका प्रियंका कार्की र अर्का पुरुष कलाकार नग्न अबस्थामा देखिएपछि सिरिजले चर्चासँगै बिबाद पनि पाएकाे हाे ! करिब तीन मिनेट लामाे ट्रेलरमा प्रियंकाकाे भुमिकामा पनि सस्पेन्स छ ! प्रियंका कतै एग्रेसिभ अबतारमा देखिएकि छिन त कतै बाेल्ड अबतारमा ! ट्रेलरमा न्युड देखिएपछि दर्शकले प्रियंकाकाे भुमिकालाई लिएर प्रतिक्रिया दिएका छन् ! केहि दर्शकले यत्तिकाे लेभलकाे बेब सिरिजमा यत्तिक्काे भल्गर हुनु पर्छ भनेका छन् भने केहिले न्युड सिन अपाच्य भएकाे कमेन्ट गरेका छन् ! सिरिज युनिटले अठार बर्ष मुनिकाले आमा बुबाकाे साथमा मात्र हेर्न मिल्ने बताएकाे छ !


सिने नगरीमा हट एण्ड बाेल्ड नायिकाकाे छवि बनाएकि प्रियंकाकाे अभिनय रहेकाे बाेल्ड सिन भने याे नै पहिलाे हाेईन ! यसअघि पनि विभिन्न चलचित्र र म्युजिक भिडियाेहरुमा प्रियंकाले बिबादित बाेल्ड सिनहरु दिईसकेकी छिन् ! बदनाम हाेस तर गुमनाम नहाेस भन्ने युक्ति प्रियंकामाथी पनि लागू हुने गर्छ ! उनले यसअघि चलचित्र कथा काठमान्डुकाे लागि बेड सिन दिएकि थिईन् ! जुन बेडसिनले पनि सिने क्षेत्र गर्माएकाे थियाे ! यता साहु बा काे लागि त झन उनले नग्न अर्थात न्युड सिन नै दिएपछि चर्चा र बिराेध दुबै भएकाे हाे ! सिरिज युनिटले भने कथाले मागेपछि न्युड सिन राखिएकाे बताएकाे छ ! यध्यपि नग्न सिन कथाले माग्याे कि अरु कसैले माग्याे सिरिज युनिट स्वयम जानुन् ! सिरिजमा प्रियंकासँगै बिजु पार्की,कबिता नेपाली,नम्रता श्रेष्ठ,छुल्ठिम गुरुङ,सरिता गुरुङ,अमित गिरी,अमितेश शाह,राेहित रुम्बा,प्रदिप बास्ताेला,लक्ष्मी गिरी लगायतकाे अभिनय रहेकाे छ ! आयुष्मान देशराज जाेशी,संगम राई र अनिस तामाङकाे डिओपी रहेकाे सिरिजमा रामप्रसाद चाैधरी,चन्दन दत्तकाे सम्पादन रहेकाे छ ! सुजाेय याेङकाे लेखन तथा निर्देशन रहेकाे छ ! राजनिती र गुण्डागर्दीले समाजमा पर्ने असर र परिणामकाे बारेमा देखाईएकाे छ ! जे हाेस् मेहनात साथ निर्माण गरिएकाे सिरिजलाई सफलताकाे शुभकामना !
नग्न अबस्थामा देखिईन प्रियंका कार्की-१८ बर्ष मुनिकाले आमाबुबाकाे साथमा हेर्नुपर्ने नग्न अबस्थामा देखिईन प्रियंका कार्की-१८ बर्ष मुनिकाले आमाबुबाकाे साथमा हेर्नुपर्ने Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on June 26, 2024 Rating: 5

No comments

Videos