मध्यरातमा घरभित्र छिरेको चोरले दम्पतीको गोप्य भिडियो खिचेर ब्लाकमेलीङ गर्दै लाखौ फिरौती माग्यो ।

 मध्यरातमा घरभित्र छिरेको चोरले दम्पतीको अन्तरङ्ग भिडियो खिचेर ब्ल्याकमेलिङ गर्न थालेपछि  अहिले चोर प्रहरीकाे हिरासतमा परेको छ । चोरी  गर्ने उद्देश्यले राति अर्काको घरभित्र छिरेको तर घरभीत्र घरबेटिहरुकै भिडियो खिचेपछि घटनाले नयाँ मोड लिएको छ ।  २८ वर्षीय विनयकुमार साहु सरकारी जागिर खान चाहन्थे । तर यसका लागि दिएको परीक्षामा उनी सफल हुन सकेनन् ।त्यसपछि उनी सानोतिनो चोरीमा संलग्न भए । सुरु सुरुमा तरकारी बजारतिर डुल्दै उनले ग्राहकको मोबाइल चोरी गर्न थाले । त्यसपछि हिम्मत बढ्दै गएपछि उनी घरमा पसेरै चोरी गर्न थाले । यही क्रममा उनी यसअघि दुई पटक चोरी गरिसकेको घरमा तेस्रो पटक पनि चोरीकै लागि प्रवेश गरे ।यस क्रममा विनयकुमारले बेडरुममा पति–पत्नीले अन्तरङ्ग पल बिताइरहेको देखे । र  उनी झ्यालमा छलिएर सो दृश्यलाई भिडियोमा कैद गर्न थाले ।



भिडियो खिचिसकेपछि बिहान उनले सोही घरका मालिकलाई ह्वाट्सएपमा राती खिचिएको घरबेटिकै अन्तरङ्ग भिडियो पठाएर ब्ल्याकमेलिङ गर्न थाले । उनले १० लाख रुपैयाँ नदिए उक्त भिडियो भाइरल गरिदिने धम्की समेत दिन भ्याए ।


त्यसपछि सो दम्पतीले प्रहरीमा उजुरी गरे । प्रहरीले विशेष टोली परिचालन गरी आरोपितको खोजी सुरु गय्रो। अन्ततः घटना घटेको केहि दिन बित्न नपाउँदै विनयकुमारलाई पक्राउ गर्न प्रहरी सफल भयो ।



प्रहरीले उनको साथबाट चोरीका तीन वटा मोबाइलसमेत बरामद गरेको छ । प्रहरीले उनको मोबाइलमा खिचिएको अन्तरङ्ग भिडियोसमेत डिलिट गरिदिएको खुल्न आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विनयकुमार साहु  भारतको छत्तीसगढ राज्यको दुर्ग निवासी हुन । चोरको आँट र हिम्मतपनि कति सम्मको हो । एक त चोर्न जानु छ त्यहि माथी गोप्य भिडियो बनाएर चरित्र हत्या गर्ने धम्कि दिँदै पैसा माग्ने सम्मको हर्कत गर्छ । तपाईपनि सावधान हुनुस । गर्मीको समयमा हामी अधिकांसले झ्याल ढोका खुल्लै गरेर सुत्ने गर्छौ । यो घटना छिमेकि मुलुक भारतको भएपनि हाम्रोमा दोहोरिदैन भन्न् सकिंदैन । हजुरहरु यो चोरलाई के भन्न् चाहानुहुन्छ कृपया कमेन्ट बक्समा प्रतिकृया राख्नुहोला ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/465543239404951

मध्यरातमा घरभित्र छिरेको चोरले दम्पतीको गोप्य भिडियो खिचेर ब्लाकमेलीङ गर्दै लाखौ फिरौती माग्यो । मध्यरातमा घरभित्र छिरेको चोरले दम्पतीको गोप्य भिडियो खिचेर ब्लाकमेलीङ गर्दै लाखौ फिरौती माग्यो । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on June 27, 2024 Rating: 5

No comments

Videos