काठमाण्डैबाट गाउँ हिडेकि मायालाई बिच बाटोमै तामाकोशीले बगायो ।

 शनिबार दिउँसो सामाजिक सञ्जालमा भाईरल भएको भिडियोको वास्तविक्ता वाहिरीयो । भिडियोमा दोलखाको तामाकोशी बजारनजिकैको पक्की पुल छेउमा एकजना महिला हिँड्दै नदीतिर गइरहेको देख्न सकिन्छ ।

धेरै परबाट स्पस्ट देखिने ठाउँ भएका कारण हिँड्दै तामाकोशीतिर अघि बढिरहँदा ति महिलाको व्यवहार अली फरक देखिएपछि माथिबाट एक जना व्यत्तिले भिडियो खिच्न सुरु गरे । खिचिरहेका र अन्यले उनलाई त्यतातिर नजान भनिरहेका भिडियोमा प्रस्टै सुन्न सकिन्छ । तर ति महिलाले सुनेपनि नसुनेझै गरेर एकसुरमा नदीतिर अघि बढिरहिन् । भिरालो ठाउँबाट नदी किनारमा पुगेकी उनलाई माथिबाट कराउँदै रोक्ने अनेकन कोसिस पनि भयो तर असम्भव जस्तै भयो । नदीतिर अघि बढिरहेकी उनलाई रोक्न एकजना युवक किनारमै पुगे पनि ती महिला केही सेकेन्डले तामाकोशीमा हेलिएर बेपत्ता भएको भिडियोमै देख्न सकिन्छ ।


तामाकोशीमा हेलिएर बेपत्ता भएकी उत्त महिलाको पहिचान भर्खरै खुलेको छ । उनी दोलखाको मेलुङ गाउँपालिका-४ भेडुप निवासी करिबन ६५ वर्षीया ओमाकुमारी तामाङ हुन । उनलाई सबैले माया भनेर बोलाउने गर्दथे ।


उनी श्रीमान् र छोराहरूसँग काठमाडौंको नयाँ बस्ती बस्दै आएकी थिइन् । र छुट्टिको दिन शनिबार काठमाडौंबाट गाउँ जाने भन्दै दोलखा पुगेकी थिइन् ।



शनिबार बिहानै काठमाडौंबाट दोलखाको मेलुङ गाउँपालिका–३ गाईखुरा हुँदै भेडपु जाने बस चढेर उनी तामाकोशी किनारसम्म पुगेकी थिइन् ।


उनको साथमा गाउँका चिनेजानेकै मानिसहरू पनि थिए । तर, उनी तामाकोशी बजारमा गाडी रोकेका बेला झरेको कुरा चिनजानको मानिसहरुले बताए ।


गाडीमा सँगै सवार साथीहरूले अब जाऊँ भन्दा ओमाकुमारी आफ्नो काम परेकाले यतै ओर्लिने भन्दै झरेको खुलेको छ । उनका आफन्तले पनि ओमाकुमारी तामाकोशी बजारमा झरेको पुष्टि गरेका छन् ।


बसबाट ओर्लिएर केहीबेर तामाकोशी बजारमा बसेकी उनी शनिबार दिउँसो ३ बजे तामाकोशी पुलनजिकैबाट नदी किनारतिर झरेकी थिइन् ।


ओमाकुमारी तामाकोशीमा हेलिएपछि जिल्ला प्रहरी कार्यालय दोलखाको टोली खोजीमा जुटेको थियो ।


प्रहरी निरीक्षक शत्रुधनकुमार महतो नेतृत्वको टोलीले उनको खोजी गरिरहेको छ ।


अहिले उनको खोजीमा किरातीछाप, किर्नेटार र प्रहरी चौकी छौंडेको टोलीले स्थानीयबासीको सहयोगमा ओमाकुमारीको खोजी गरे पनि फेला पार्न अझै सकेको छैन ।.

Link: https://www.facebook.com/smarttvnepal79/videos/433441486172183


Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post