काठमाण्डैबाट गाउँ हिडेकि मायालाई बिच बाटोमै तामाकोशीले बगायो ।

 शनिबार दिउँसो सामाजिक सञ्जालमा भाईरल भएको भिडियोको वास्तविक्ता वाहिरीयो । भिडियोमा दोलखाको तामाकोशी बजारनजिकैको पक्की पुल छेउमा एकजना महिला हिँड्दै नदीतिर गइरहेको देख्न सकिन्छ ।

धेरै परबाट स्पस्ट देखिने ठाउँ भएका कारण हिँड्दै तामाकोशीतिर अघि बढिरहँदा ति महिलाको व्यवहार अली फरक देखिएपछि माथिबाट एक जना व्यत्तिले भिडियो खिच्न सुरु गरे । खिचिरहेका र अन्यले उनलाई त्यतातिर नजान भनिरहेका भिडियोमा प्रस्टै सुन्न सकिन्छ । तर ति महिलाले सुनेपनि नसुनेझै गरेर एकसुरमा नदीतिर अघि बढिरहिन् । भिरालो ठाउँबाट नदी किनारमा पुगेकी उनलाई माथिबाट कराउँदै रोक्ने अनेकन कोसिस पनि भयो तर असम्भव जस्तै भयो । नदीतिर अघि बढिरहेकी उनलाई रोक्न एकजना युवक किनारमै पुगे पनि ती महिला केही सेकेन्डले तामाकोशीमा हेलिएर बेपत्ता भएको भिडियोमै देख्न सकिन्छ ।


तामाकोशीमा हेलिएर बेपत्ता भएकी उत्त महिलाको पहिचान भर्खरै खुलेको छ । उनी दोलखाको मेलुङ गाउँपालिका-४ भेडुप निवासी करिबन ६५ वर्षीया ओमाकुमारी तामाङ हुन । उनलाई सबैले माया भनेर बोलाउने गर्दथे ।


उनी श्रीमान् र छोराहरूसँग काठमाडौंको नयाँ बस्ती बस्दै आएकी थिइन् । र छुट्टिको दिन शनिबार काठमाडौंबाट गाउँ जाने भन्दै दोलखा पुगेकी थिइन् ।



शनिबार बिहानै काठमाडौंबाट दोलखाको मेलुङ गाउँपालिका–३ गाईखुरा हुँदै भेडपु जाने बस चढेर उनी तामाकोशी किनारसम्म पुगेकी थिइन् ।


उनको साथमा गाउँका चिनेजानेकै मानिसहरू पनि थिए । तर, उनी तामाकोशी बजारमा गाडी रोकेका बेला झरेको कुरा चिनजानको मानिसहरुले बताए ।


गाडीमा सँगै सवार साथीहरूले अब जाऊँ भन्दा ओमाकुमारी आफ्नो काम परेकाले यतै ओर्लिने भन्दै झरेको खुलेको छ । उनका आफन्तले पनि ओमाकुमारी तामाकोशी बजारमा झरेको पुष्टि गरेका छन् ।


बसबाट ओर्लिएर केहीबेर तामाकोशी बजारमा बसेकी उनी शनिबार दिउँसो ३ बजे तामाकोशी पुलनजिकैबाट नदी किनारतिर झरेकी थिइन् ।


ओमाकुमारी तामाकोशीमा हेलिएपछि जिल्ला प्रहरी कार्यालय दोलखाको टोली खोजीमा जुटेको थियो ।


प्रहरी निरीक्षक शत्रुधनकुमार महतो नेतृत्वको टोलीले उनको खोजी गरिरहेको छ ।


अहिले उनको खोजीमा किरातीछाप, किर्नेटार र प्रहरी चौकी छौंडेको टोलीले स्थानीयबासीको सहयोगमा ओमाकुमारीको खोजी गरे पनि फेला पार्न अझै सकेको छैन ।.

Link: https://www.facebook.com/smarttvnepal79/videos/433441486172183


काठमाण्डैबाट गाउँ हिडेकि मायालाई बिच बाटोमै तामाकोशीले बगायो । काठमाण्डैबाट गाउँ हिडेकि मायालाई बिच बाटोमै तामाकोशीले बगायो । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on June 30, 2024 Rating: 5

No comments

Videos