सामाजिक संजालमा भाईरल तस्बिरको वास्तबिक्ता । वर्षै सम्म आमाको शरिरले पर्खीयो छोरालाई ।

 दर्शकबिन केहि दिन देखी सामाजिक संजालमा एउटा तस्बिर निकै भाईरल बन्दै गएको छ । हेर्दा डरलाग्दो देखिने उत्त तस्बिर पछाडिको कथा झनै भयानक छ ।


महिनौ सम्म छोराको आश गरेर बसेकि आमाको कोठा भित्रै शरिर सडिएको तर त्यो आमाको मृत्युको खबर न छोरालाई भयो न नै छरछिमेकिहरुलाई । जब छोरा बिदेशबाट महिनौ पछि घर फर्किएर कोठा खोल्दाको दृश्यले सबैलाई एक पटक अवश्य रुवायो ।

यो कथा ८ वर्ष पहिलै भएको भएपनि फेरी चर्चामा आएको छ । यो कथा हाम्रो छिमेकि मुलुक भारतकि आशा सहानिको हो । उनको छोरा ऋतुराज सहानि जो अमेरिकामा बस्दै आएका थिए ।

२०१७/०८ महिना ०७ गते भारतको मुम्बईमा घटेको उत्त घटनाले आधुनिक मानव सभ्यतामा नै जटिल प्रश्नचिन्ह उठाएको छ।

विदेशमा भएका ऋतुराज साहनी (अमेरिका फर्केका 'खलनायक' छोरा) जस्ता छोराहरुलाई स्यान्डविच पुस्ता भनेर चिनिन्छ; मानिसहरूको एक पुस्ता, सामान्यतया तिनीहरूको तीस वा चालीस वर्षमा, तिनीहरूका आफ्नै बच्चाहरूलाई हुर्काउन र तिनीहरूका बुढेसकालका आमाबाबुको हेरचाहको लागि जिम्मेवार हुन्छन्।


के आशा सहानिको मृत्युको कारण उनकै छोरा हुन त ? यो घटना एक प्रतिनिधिपात्र मात्र हो हाम्रो समाजमा यस्ता कयौन घटना मिल्दा जुल्दा छन् । २१ औ सताब्दिको अन्तयमा आएर मानिसको जिवन अझ कठिन र क्रुर बन्दै गएको अनुभव गर्न सकिन्छ । जस्को प्रत्यक्ष असर उमेर ढल्कदै  गएछिको समयमा देख्न सकिन्छ ।


Link: https://youtu.be/CVBBTyemCu4

६३ वर्षीया महिला, आशा साहनी, ऋतुराज साहनीकी आमा थिइन्, जसको कंकाल उनले मुम्बईको आफ्नो अपार्टमेन्टमा फेला पारेका थिए । ऋतुराजले विगत एक वर्षदेखि आफ्नी आमासँग फोन स्वीच अफ भएकाले बोलेका थिएनन् । उनले समाजका सदस्यहरूलाई आमाको खबर बुझ्न अनुरोध गरे तर कसैले वास्ता गरेनन्। आफ्नो मृत्युको जिम्मेवार कसैलाई नलागाईदिनु भनेर आशा साहनीले अप्रिल २०१६ मा आफ्नो सुसाइड नोट लेखेकी थिइन् । प्रहरीले फरेन्सिक नतिजाको पर्खाइमा रहे पनि उक्त नोटबाट उनले त्यही समयमा नै ज्यान लिएको अनुमान गरिएको थियो ।


सबैले छोरालाई दोष दिइरहेका छन् तर उसको पक्ष पनि जान्न र भविष्यमा यस्ता घटना नहोस् भन्ने उपाय खोज्ने प्रयास हामीले गर्नैपर्ने हुन्छ । छोरालाई जति गाली गरे पनि हाम्रो समाज र छिमेकीको जीवन दिनप्रतिदिन व्यस्त र कठिन हुँदै गइरहेको जगजाहेर छ ।


सन् २०१३ मा श्रीमान्को मृत्यु भएदेखि सहानी लोखंडवाला कम्प्लेक्सको अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । उनका छोराले उनलाई अमेरिका लगे तर त्यहाँ पनि मन परेन र फेरी आफ्नै देश फर्किईन आशा । आफ्नो छोरालाई अन्तिम पटक कलमा उनले वृद्धाश्रममा सर्ने रुचि देखाइन् किनभने उनलाई एक्लोपनबाट बच्न गाह्रो भइरहेको थियो। ऋतुराज उनका एक मात्र छोरा थिए । आमा आशा सहानिले वृद्धश्रममा राख्न भनेपनि छोरा ऋतुराजले आफ्नो व्यस्ताको कारण त्यो कुरालाई ध्यान दिन नपाएको कुरा बाहिर आएको छ । उनी आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेदको लडाइँमा फसेका थिए र आफ्नो बच्चाको अभिभावकत्मा पनि ।


हामी सबैलाई थाहा छ कि ट्रम्प युगमा, भारतीय आईटी प्रोफेसनल करियरको लागि सुरक्षित ठानिएको थिएन। ऋतुराजले प्रहरीलाई भने कि उनको सम्बन्धविच्छेदको प्रक्रिया र बच्चाको अभिभावकत्का कारण मुम्बई आउन धेरै समय लाग्यो।


२३ अप्रिल २०१६ मा फोन गरेपछि दुई दिनपछि फेरि फोन गरे तर आमाले फोन उठाइनन् । त्यसपछि उनीसँग सम्पर्क गर्ने धेरै प्रयास असफल भयो । अन्तत २३ अप्रिपलको कुराकानिनै उत्त आमा छोरा बिचको अन्तिम कुराकानि बन्यो । अनेकौ प्रयास बिफल भएपछि छोरा ऋतुराजले अनलाइन उजुरी गरे तर उनको व्यस्त जीवनले उनलाई एक वर्ष पछि मात्र घर फर्कन अनुमति दियो । जब छोरा घर फर्ने र आमा बसी आएको अपार्टमेन्ट पुगेर कोठा खोल्दा मात्र यो सम्पूर्ण यथार्त बाहिर्यो ।


यस घटनाले स्थानीय समाजलाइ नराम्रोसँग तरंगित पारेपछि आमा आशा साहनी बनेर यस्तो कविता लेखिएको रहेछ। जुन सामाजिक सन्जालमा भाइरल भएको थियो।

कविता यसरी सुरु हुन्छ ।

---------------------------------------

कविता: आशा साहनी


ऋतु मेरो प्राण्

धेरै ऋतूहरू यो बूढो घरको बाल्कोनीबाट

मलाई स्पर्श गरेर गएका छन्।

नछोएको त तिमीले मात्रै हो ऋतु

किन प्रकृतिमा ऋतू जस्तै  सन्तान फर्किने नियम छैन?

यो मेरो शयनकक्ष भित्र

धुलाम्य भएर बसेको छ तिम्रो पास्नीको तस्वीर

एकचोटि मात्र एकचोटि आएर धुलो पुछेर जाउँ

मेरो दृष्टि बन्द हुनु भन्दा पहिले

म तिमीलाई हेर्न चाहन्छु ऋतू।

तिम्रो बाबाले ल्याएको क्लाशिक घडी

तिमी आउने पछिल्लो समयको घोषणामा

अवरुद्ध भएर झुण्डिएको छ

यो स्थिर समय; तिम्रो आगमनले चलायमान होस्

हाम्रो वगैँचाको त्यो आँपको वृक्ष

जाहाँ तिमीलाई आँप खुवाउथे म

आज बूढो भएको छ म जस्तै

थोती,कुप्री,उजाड, उदास छ

गुँड लगाएर बसेका जुरेली पनि बसाइँ सरिसके

ढल्नु भन्दा पहिले त्यो वृक्ष आएर समापन गरिदेउ `ऋतू।

सास त चलेकै छ `ऋतू

यो आशाको आश मर्दैछ

सास चल्नु मात्रै पनि जीवित हुनु रहेनछ

आश नभएको जीवनको अनुराग भएन।

कुनै दिन तिम्रो व्यस्त समयमा

यो आशा तिम्री आमालाई सम्झियौ भने

धेरै त केही भएको हुनेछैन

मेरो माशंपेशीहरू गलिसकेका हुनेछन

अस्थीहरू तिम्रो स्वागतमा तत्पर रहनेछ।

मेरो हातमा एउटा चिठी हुनेछ

जसमा लेखिएको हुनेछ

मेरो अन्त्योष्टीमा; मेरो अस्थी सङ्गै तिम्रो पश्चाताप जलाइदिनु

तिमी दुखी भएको हेर्न सक्दिन

यो बूढो घर बेचिदिनु 

र  तमाम त्यी व्यस्त सन्तानहरूलाई पारिश्रमिक स्वरूप दिनु

जसले आमालाई जीवित भेटिदिएर आफ्नो कर्तव्य पूरा गर्नेछन

अन्त्यमा मैले तिमीलाई सिकाउन बिर्सेको जीवनज्ञान् 

तिम्रो सन्तानलाई सिकाउनु

पैसा भन्दा ठूलो ममता र करूणा हो।

~~तिम्री आमा आशा साहनी

००००

भवतु सब्ब मंगलम्।

जय होस मंगल होस् 


यस कवितालाई जनक कार्की ले लेख्नु भएको हो । यस्ता घटनाहरु कम गर्दै लाग्नु हामी सबैको दायित्व हो । धन्यवाद ॥

-------------------------------------------------------------------

सामाजिक संजालमा भाईरल तस्बिरको वास्तबिक्ता । वर्षै सम्म आमाको शरिरले पर्खीयो छोरालाई । सामाजिक संजालमा भाईरल तस्बिरको वास्तबिक्ता । वर्षै सम्म आमाको शरिरले पर्खीयो छोरालाई । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on June 17, 2024 Rating: 5

No comments

Videos