सामाजिक संजालमा भाईरल तस्बिरको वास्तबिक्ता । वर्षै सम्म आमाको शरिरले पर्खीयो छोरालाई ।

 दर्शकबिन केहि दिन देखी सामाजिक संजालमा एउटा तस्बिर निकै भाईरल बन्दै गएको छ । हेर्दा डरलाग्दो देखिने उत्त तस्बिर पछाडिको कथा झनै भयानक छ ।


महिनौ सम्म छोराको आश गरेर बसेकि आमाको कोठा भित्रै शरिर सडिएको तर त्यो आमाको मृत्युको खबर न छोरालाई भयो न नै छरछिमेकिहरुलाई । जब छोरा बिदेशबाट महिनौ पछि घर फर्किएर कोठा खोल्दाको दृश्यले सबैलाई एक पटक अवश्य रुवायो ।

यो कथा ८ वर्ष पहिलै भएको भएपनि फेरी चर्चामा आएको छ । यो कथा हाम्रो छिमेकि मुलुक भारतकि आशा सहानिको हो । उनको छोरा ऋतुराज सहानि जो अमेरिकामा बस्दै आएका थिए ।

२०१७/०८ महिना ०७ गते भारतको मुम्बईमा घटेको उत्त घटनाले आधुनिक मानव सभ्यतामा नै जटिल प्रश्नचिन्ह उठाएको छ।

विदेशमा भएका ऋतुराज साहनी (अमेरिका फर्केका 'खलनायक' छोरा) जस्ता छोराहरुलाई स्यान्डविच पुस्ता भनेर चिनिन्छ; मानिसहरूको एक पुस्ता, सामान्यतया तिनीहरूको तीस वा चालीस वर्षमा, तिनीहरूका आफ्नै बच्चाहरूलाई हुर्काउन र तिनीहरूका बुढेसकालका आमाबाबुको हेरचाहको लागि जिम्मेवार हुन्छन्।


के आशा सहानिको मृत्युको कारण उनकै छोरा हुन त ? यो घटना एक प्रतिनिधिपात्र मात्र हो हाम्रो समाजमा यस्ता कयौन घटना मिल्दा जुल्दा छन् । २१ औ सताब्दिको अन्तयमा आएर मानिसको जिवन अझ कठिन र क्रुर बन्दै गएको अनुभव गर्न सकिन्छ । जस्को प्रत्यक्ष असर उमेर ढल्कदै  गएछिको समयमा देख्न सकिन्छ ।


Link: https://youtu.be/CVBBTyemCu4

६३ वर्षीया महिला, आशा साहनी, ऋतुराज साहनीकी आमा थिइन्, जसको कंकाल उनले मुम्बईको आफ्नो अपार्टमेन्टमा फेला पारेका थिए । ऋतुराजले विगत एक वर्षदेखि आफ्नी आमासँग फोन स्वीच अफ भएकाले बोलेका थिएनन् । उनले समाजका सदस्यहरूलाई आमाको खबर बुझ्न अनुरोध गरे तर कसैले वास्ता गरेनन्। आफ्नो मृत्युको जिम्मेवार कसैलाई नलागाईदिनु भनेर आशा साहनीले अप्रिल २०१६ मा आफ्नो सुसाइड नोट लेखेकी थिइन् । प्रहरीले फरेन्सिक नतिजाको पर्खाइमा रहे पनि उक्त नोटबाट उनले त्यही समयमा नै ज्यान लिएको अनुमान गरिएको थियो ।


सबैले छोरालाई दोष दिइरहेका छन् तर उसको पक्ष पनि जान्न र भविष्यमा यस्ता घटना नहोस् भन्ने उपाय खोज्ने प्रयास हामीले गर्नैपर्ने हुन्छ । छोरालाई जति गाली गरे पनि हाम्रो समाज र छिमेकीको जीवन दिनप्रतिदिन व्यस्त र कठिन हुँदै गइरहेको जगजाहेर छ ।


सन् २०१३ मा श्रीमान्को मृत्यु भएदेखि सहानी लोखंडवाला कम्प्लेक्सको अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । उनका छोराले उनलाई अमेरिका लगे तर त्यहाँ पनि मन परेन र फेरी आफ्नै देश फर्किईन आशा । आफ्नो छोरालाई अन्तिम पटक कलमा उनले वृद्धाश्रममा सर्ने रुचि देखाइन् किनभने उनलाई एक्लोपनबाट बच्न गाह्रो भइरहेको थियो। ऋतुराज उनका एक मात्र छोरा थिए । आमा आशा सहानिले वृद्धश्रममा राख्न भनेपनि छोरा ऋतुराजले आफ्नो व्यस्ताको कारण त्यो कुरालाई ध्यान दिन नपाएको कुरा बाहिर आएको छ । उनी आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेदको लडाइँमा फसेका थिए र आफ्नो बच्चाको अभिभावकत्मा पनि ।


हामी सबैलाई थाहा छ कि ट्रम्प युगमा, भारतीय आईटी प्रोफेसनल करियरको लागि सुरक्षित ठानिएको थिएन। ऋतुराजले प्रहरीलाई भने कि उनको सम्बन्धविच्छेदको प्रक्रिया र बच्चाको अभिभावकत्का कारण मुम्बई आउन धेरै समय लाग्यो।


२३ अप्रिल २०१६ मा फोन गरेपछि दुई दिनपछि फेरि फोन गरे तर आमाले फोन उठाइनन् । त्यसपछि उनीसँग सम्पर्क गर्ने धेरै प्रयास असफल भयो । अन्तत २३ अप्रिपलको कुराकानिनै उत्त आमा छोरा बिचको अन्तिम कुराकानि बन्यो । अनेकौ प्रयास बिफल भएपछि छोरा ऋतुराजले अनलाइन उजुरी गरे तर उनको व्यस्त जीवनले उनलाई एक वर्ष पछि मात्र घर फर्कन अनुमति दियो । जब छोरा घर फर्ने र आमा बसी आएको अपार्टमेन्ट पुगेर कोठा खोल्दा मात्र यो सम्पूर्ण यथार्त बाहिर्यो ।


यस घटनाले स्थानीय समाजलाइ नराम्रोसँग तरंगित पारेपछि आमा आशा साहनी बनेर यस्तो कविता लेखिएको रहेछ। जुन सामाजिक सन्जालमा भाइरल भएको थियो।

कविता यसरी सुरु हुन्छ ।

---------------------------------------

कविता: आशा साहनी


ऋतु मेरो प्राण्

धेरै ऋतूहरू यो बूढो घरको बाल्कोनीबाट

मलाई स्पर्श गरेर गएका छन्।

नछोएको त तिमीले मात्रै हो ऋतु

किन प्रकृतिमा ऋतू जस्तै  सन्तान फर्किने नियम छैन?

यो मेरो शयनकक्ष भित्र

धुलाम्य भएर बसेको छ तिम्रो पास्नीको तस्वीर

एकचोटि मात्र एकचोटि आएर धुलो पुछेर जाउँ

मेरो दृष्टि बन्द हुनु भन्दा पहिले

म तिमीलाई हेर्न चाहन्छु ऋतू।

तिम्रो बाबाले ल्याएको क्लाशिक घडी

तिमी आउने पछिल्लो समयको घोषणामा

अवरुद्ध भएर झुण्डिएको छ

यो स्थिर समय; तिम्रो आगमनले चलायमान होस्

हाम्रो वगैँचाको त्यो आँपको वृक्ष

जाहाँ तिमीलाई आँप खुवाउथे म

आज बूढो भएको छ म जस्तै

थोती,कुप्री,उजाड, उदास छ

गुँड लगाएर बसेका जुरेली पनि बसाइँ सरिसके

ढल्नु भन्दा पहिले त्यो वृक्ष आएर समापन गरिदेउ `ऋतू।

सास त चलेकै छ `ऋतू

यो आशाको आश मर्दैछ

सास चल्नु मात्रै पनि जीवित हुनु रहेनछ

आश नभएको जीवनको अनुराग भएन।

कुनै दिन तिम्रो व्यस्त समयमा

यो आशा तिम्री आमालाई सम्झियौ भने

धेरै त केही भएको हुनेछैन

मेरो माशंपेशीहरू गलिसकेका हुनेछन

अस्थीहरू तिम्रो स्वागतमा तत्पर रहनेछ।

मेरो हातमा एउटा चिठी हुनेछ

जसमा लेखिएको हुनेछ

मेरो अन्त्योष्टीमा; मेरो अस्थी सङ्गै तिम्रो पश्चाताप जलाइदिनु

तिमी दुखी भएको हेर्न सक्दिन

यो बूढो घर बेचिदिनु 

र  तमाम त्यी व्यस्त सन्तानहरूलाई पारिश्रमिक स्वरूप दिनु

जसले आमालाई जीवित भेटिदिएर आफ्नो कर्तव्य पूरा गर्नेछन

अन्त्यमा मैले तिमीलाई सिकाउन बिर्सेको जीवनज्ञान् 

तिम्रो सन्तानलाई सिकाउनु

पैसा भन्दा ठूलो ममता र करूणा हो।

~~तिम्री आमा आशा साहनी

००००

भवतु सब्ब मंगलम्।

जय होस मंगल होस् 


यस कवितालाई जनक कार्की ले लेख्नु भएको हो । यस्ता घटनाहरु कम गर्दै लाग्नु हामी सबैको दायित्व हो । धन्यवाद ॥

-------------------------------------------------------------------

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post