एसइई फेल भएपछि दुई विद्यार्थीले गरे झुन्डिएर आत्महत्या

 यस वर्ष ४ लाख ६४ हजार ७८५ कुल विद्यार्थीले एस ई ई परिक्षामा सहभागी भएका थिए भने २ लाख ४२ हजार ३१३ जना अनुतीर्ण भएका थिए । अत्यन्तै न्युन प्रतिफल आएको यस वर्ष ४७.८७% विद्यार्थी मात्रै पास भएका हुन ।


एसइई परीक्षामा फेल भएपछि दोलखा र संखुवासभाका दुई विद्यार्थीले आत्महत्या गरेका छन् ।


दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ की एक छात्राले एसईईको नतिजा राम्रो नआएपछि आत्महत्या गरेकी छिन् ।

गौरीशंकर गाउँपालिका–२ जुँगुका रामबहादुर बुढाथोकीकी १६ वर्षीया छोरी जेनिसा बुढाथोकीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् । स्थानीय निलकण्ठेश्वर मावीबाट एसईई परीक्षा दिएकी जेनिसाले नतिजा राम्रो नआएपछि असार १३ गने आफ्नै घरको माथिल्लो तलामा झुण्डिएर आत्महत्या गरेको दोलखा प्रहरीले जनाएको छ । उनले आत्महत्या गर्नुअघि सुसाइट नोट लेखेर बुबा आमा र परिवारका सदस्यसँग माफी मागेकी छन् ।

मृत्तक जेनिसाको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट लगीएको थियो ।




त्यस्तै, संखुवासभाको खाँदबारी नगरपालिका– ३ का आशिष घिमिरेले आफ्नै कोठामा पासो लगाएर देहत्याग गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । मृतक आशिषको जिल्ला अस्पतालमा पोस्टमार्टमपछि शुक्रबार अन्त्येष्टि गरिएको छ । 


यता परीक्षा अनुतिर्णा हुँदा मनोबल कम्जोर भएका कारण आत्महत्या गरे भने उत छोराको मनोबल कम्जोर नबनोस भन्दै बुवा वेदनाथ दाहालले छोरा एस ई ई मा अनुतिर्ण हुँदा फेसबुक मार्फत मिठो स्टाटस लेखेर छोरालाई साथ दिएका छन् । यस स्टाटसले चौतर्फि चर्चा पाएको र एउटा असल बुवा हुनुको दर्बिलो दाईत्व वहन गरेको सकरात्मक टिप्पणी आएको छ । उनले लेखेका छन् "कान्छो छोरो लक्षमण बाबु एस ई ई परिक्षा अनुतिर्ण भएछौ चिन्ता नगर । असफलता नै सफल्ताको प्रतिक हो । अर्को वर्ष पास भईन्छ । पढ्ने मान्छेनै फेल हुन्छ । राम्रोसंग तयारी गर्नु हामीले गर्नुपर्ने सहयोग हामी गरीरहने छौ । शुभ आशीर्वाद बाबु । सबैजनाले आ आफ्ना बाबुनानिहरुलाई बधाई दिँदै गर्दा मैलेपनि मेरो छोरालाई अर्को वर्षको लागी बधाई नदिनरहन सकिन । पुर्ण प्रयास गर बाबु लक्षमण अवस्य सफल्ता हात लाग्ने छ ।" यो पोष्टले साँच्चै एउटा आमा बुवालाई भावुक बनाउँछ र गहिरो पाठ सिकाउँछ ।


हुनपनि परिक्षा हो पास र फेल भनेको परीक्षाको नियम नै हो । फेल भयो भन्दैमा जिवनको बाटो बन्द हुने होईन । जिवनमा कयौ हार खाएका विद्यार्थीको भविष्य उज्जवल भएको उदाहरण हाम्रौ समाज प्रसस्तै छन् । शीक्षा मानव जिवनको लागी अपरीहार्य छ तर जिवन भन्दा ठूलो शिक्षाको परिक्षा हुन्न । जिवन रहे हरेक वर्ष परिक्षा दिन सकिन्छ । समाचारमा बाउ छोराले संगै एस ई ई दिएको खबर पढेका छौ । ६० ७० वर्षको उमेरमा एस ई ई दिएको सुनेका छौ । हाम्रौ आँखा अगाडि नायीका करिश्मा मानन्धरले केहि वर्ष अगाडि SEE परिक्षा दिएकि होईनन् र ? त्यसैले घरपरिवारको ठूलो भुमिका हुन्छ आफ्नो भाई बहिनी छोरा छोरी को मनोबल मज्बुत बनाउनका लागी । यस पटक अनुतिर्ण भयो भन्दैमा फेरी अर्को वर्ष त्यस्तै हुन्छ भन्ने हुन्न । मिहेनत गरे उत्कृष्छ नतिजा हाँसील हुन सक्छ । एउटा छोरा एउटि छोरी भाई बहिनी फेल हुनु भनेको उ वा उनि मात्र फेल भएकि होईन । उ र उनीसंगै बुवा आमा दाजु दिदि पनि फेल भएका हुन । एउटा विद्यार्थी फेल हुनु भनेको उसको शिक्षकपनि फेल हुनु हो । त्यसैले विद्यार्थीको मनोबल कम्जोर हुन दिनु धेरै नराम्रो कुरा हो किनकि आजको विद्यार्थी भनेको भोलिको देशको कर्णधार हुन ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/826060182796256

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post