श्रीमान बितेको करिवन १ वर्ष पुरा भईसक्यो । सिउँदोमा सिन्दुर गलामा पोते र रातो सारीमा सजिएकी अनि मुसुक्क मुस्कानले भरीएकि उनि भुमिका पौडेल ।

 श्रीमान बितेको करिवन १ वर्ष पुरा भईसक्यो । सिउँदोमा सिन्दुर गलामा पोते र रातो सारीमा सजिएकी अनि मुसुक्क मुस्कानले भरीएकि उनि भुमिका पौडेल । हाम्रो समाजले श्रीमान बितेपछि श्रीमतीलाई एकल महिलाको उपनाम दिन्छ । र रंगीन दुनीयाको सबै रंग श्रीमानकै साथ पठाएर सेतो पहेलो श्रृङ्गार रहित पहिरन पहिरन भनेर सिकाउँछ । अझ पहिलात सति प्रथा थियो रे श्रीमानको चितासंगै जिउँदै जल्नु पर्ने । तर यो पटक समाज परिवर्तीत भएको छ । सायद २१ औ सताब्दि र शिक्षित समाजको सबै भन्दा सुन्दर रुप यहि होला ।



उनको यो रुप हेरेर कँहि कसैलेपनि आलोचना गरेको पाहिएन । सायद आफुले बोल्न भन्न नसकेको कुरा उनै भुमिकाले गरिन होला । सामाजिक सञ्जालमा श्रीमान बितेको १ वर्ष पूरा पुग्यो र उनले श्रीमानको चिनो भनेर लगाएको रातो सिन्दुर,रातो पोते , चुरा र रातो सारीमा खिचिएको तस्बिरको निकै चर्चा भईरहेको छ । यसले समाजमा एउटा छुट्टै संदेश पनि दिएको छ । 


भुमिका पौडेल पोखरेलले फेसबुकमा लेख्छिन्, 

"तिथि अनुसार यही असार ५-६ गते जेठ शुक्ल त्रयोदशीका दिन मेरो श्रीमानले  हामीलाइ छोडेर जानुभएको १ वर्ष पुग्यो र उक्त तिथिको काम पछि घरमा पूजा गरी उहाँले मलाइ बिहेमा दिनुभएको उपहार सिन्दुर, पोते र चुराले मलाई मेरी सासु आमाले सजाउनु भयो ।



भगवानले उहाँलाइ मबाट खोसे पनि उहाँले दिनुभएको उपहारहरु मसँग सुरक्षित थिए र रहनेछन् ।  जब जब मलाइ ती उपहारहरु लगाउन मन लाग्छ म लगाउने छु। 


यस कार्यमा समाजले तोकेको नियम भन्दा मेरो भावनालाइ बढी महत्व दिएर सहयोग गर्नुहुने पुरेत ठूलोबुवा, उहाको घरपट्टिको हजुरआमाहरु, फुपुहरु, आमा, दिदि, बहिनी, काकीहरु, मेरो माइतको बुवा,आमा, फुपु, दाइ भाउजु, बहिनी, भाइ र सम्पूर्ण समाज प्रति आभारी छु।"


उनको यस्तो स्टाटस ले सबैको मन छोएको छ । धेरैको मन मा एउटा सकरात्मक सोच छाएको छ कि श्रीमान को मृत्यु पछि पनि  आफ्नो श्रीमान ले दिएको मायाको उपाहार आफूले लगाउँदा  खुसी मिल्छ  भने अवश्य लगाउन मिल्छ । 



धेरै पहिला एकल महिला प्रति गरिने दुरव्यहबार विरुद्ध गायक तथा संगीतकर बद्री पंगेनी गीतमा भनेझै

लाउ चेली सिँदुर लाउ निको पार हृदयको घाउ ले आज मुर्तरुप पाएझै लाग्यो । गीत निस्केको झण्डै १ दशक पुरा हुँन लाग्दा सम्म यस्ता समाचार कँहि सुन्न देख्न पाईएको थिएन तर आज यस्तो लाग्दै छ कि अब चाई यो गीतले पक्कै न्याय पाएको छ। यो पोस्ट देख्दै गर्दा समाज परिवर्तनमा संगीतले कति ठूलो भुमिका खेल्न सक्छ भन्ने महशुस गर्न सकिन्छ । साँच्चै भाग्यमानी छिन ती श्रीमति जस्ले श्रीमान गुमाएपछिपनि श्रीमानले दिएको सिन्दुर पोते लगाउन पाईन र महान छिन् ति सासु आमा घर परिवार र पुरेत बा जस्ले समाज परिवर्तनमा साथ दिएका छन् ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/7835418443160608

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post