आफ्नै श्रीमानले मारानासम्म हुने गरी पिटेको भन्दै एक महिलाले सामाजिक सञ्जालम फेसबुकमा न्याय मागेकि छिन् । फेसबुक पोष्टमा उनले शरीरमा भएका निल डाम सहितका फोटोहरु र पिडादायक लामो पोष्ट गरेकी छिन्
घटना धेरै अघिको भएपनि असार ९ गते हिजो जब ति महिलाले आफ्नो बेदना फेसबुक मार्फत पोखिन तब मात्र सबैको ध्यान खिचिएको छ । झापा घर भएकि महिलाले घरेलु हंसामा ३ वर्ष अघि देखी परेको बताएकि छिन् यद्धपि यस्को आधिकारीक जानकारी भने आएको छैन । उनले लेखेकि छिन् ।
"म डराएको थिए म पिडामा थिएँ म धेरै चिन्तामा थिएँ म Anxity मा थिए । म चिन्तित थिएँ म कमजोर महसुस गरी रहेको थिए र मलाई थाहा थिएन कि म कसरी आत्माबलका साथ यी सबै कुराहरुबाट बाहिर निक्लन सक्छु भनेर । तर मैले आँखा बन्द गरेर अंधो निर्णय लिन बाध्य भए कि जस्ले मलाई राम्रो गरीरहेको छैन त्यहाँबाट म बाहिर निक्लनु पर्छ भन्ने । चाहे मैले उसलाई जतिसुकै माया गरुँ मैले उस्लाई भन्दा बढि माया आफुलाई गर्नुपर्छ न कि त्यहि कुरालाई सकेर अघि बढ्नु । मलाई लाग्दैन कि म कसैको लागि शारीरिक र मानसिक रूपमा ट्राउचर हुनको लागि जन्मेको हुँ मेरो जीवनको सबैभन्दा खराब 3 वर्ष मैले गुजारे । कहाँ सकिन्छ र दिन रात कुटाई खएर बस्न लाई हिम्मत जुटाएर लेख्दैछु कसैको त हेल्प पाउँछु होला । बच्चा छ सनो sucide गर्न सक्दिना सोच त आको धेरै पटक तर बच्चाको अनुहर हेरेर गर्न सक्दिन । के हम्रो समज मा छोरी मान्छेले सहनु नै पर्ने होर ? बुढाको कुटाई भनाई दिन रात सहनै पर्ने होर ? म यस्तो अवस्था म छु काख मा मेरो २० महिना को बच्चा छ । होस्पिटल मा रख्या छु के मैले होस्पिटल मै मेरो बुढा को कुटाई खनु पर्ने होर ? म कुन समाज मा छु न्याय मग्न जँदा उल्टै बुढा बुढी हो मिल्न पर्छ भन्ने होर ? मलाई न्याय चाहियो मलाई र मेरो बच्चालाई । कि मैल्री मेरो बच्चा सङ्गै मर्नु पर्ने होर ? कहा पाउँछु म न्याय । PLEASE HELP ME
हेर्दै सुन्दै आङ्ग जिरीङ्ग हुने यो घटनाले अधिकांस नेपाली महिलाहरुको वास्तविक यथार्थलाई दर्शाएको छ । कागजमा लेखिएको महिला अधिकार कागनमै सिमित छन् । घरेलु हंशालाई अझैपनि कानुनले गम्भिर रुपले हेर्दैन । न्याय खोज्ने ठाँउ सामाजिक संजाल त होईन तर पनि उनले सामाजिक संजालमा यी सबै कुरा पोख्नुले उनी भित्रको पिडा कति रहेछ भनेर थोरै बहुत प्रस्टाउन कोशीस गरेको छ । यस्ता घटनालाई सामान्य रुपमा लिइरहँदा धेरै महिलाहरुले ज्यान गुमाउनु परेको तथ्याङ्क हामीले सहजै भेट्न सक्छौ । महिला हो भन्दै मा के पिडित महिलाले भने जस्तै श्रीमानको पिटाई सहेर बस्नु पर्ने हो त ? के यो समाजले हामीलाई सिकाएको उकृष्ट पाठ यहि हो त ?
Comments
Post a Comment