बधाई छ । बधाई छ । बधाई छ । करण परियारले सबै नेपालीभाषीहरुको मनसंगै नेपाल आईडल सिजन ५ पनि जितेका छन् ।

 बधाई छ । बधाई छ । बधाई छ । करण परियारले सबै नेपालीभाषीहरुको मनसंगै नेपाल आईडल सिजन ५ पनि जितेका छन् ।


 बर्दियाका करण परियारको एउटा मात्रै सपना थियो, गायक बन्ने र त्यहीँ सपना पछ्याउँदै काठमाण्डौं पुगे । आर्थिक अवस्था निकै कमजोर भएका करणको सपना भने धेरै मजबुत थियो ? करणको बुवाले काठमाण्डौं ल्याएपछि उनले १००० रुपैयाँ दिएर संगीत सिक्न थाले । आफू बौद्धको एउटा टिनको छाप्रोमा पनि हासिखुशी बसेर संगीत सिक्दै सुर्वाती दिनमा पेट पाल्नको लागि कार्पेट डेलिभरीको काम समेत गर्न थाले र अहिले Nepal Idol सिजन ५ को बिजेता बनेका छन् । 



शनिबार राति भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकले गरेको भोटको आधारमा उनी विजेताको रुपमा चुनिएका हुन् ।


उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । यस सिजन ५ मा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे ।



पैसा र भोटको बलमा विजेता बनाउने भनेर आरोप खेप्दै आएको रियालिटी सो मा यस पटक भने सबै दर्शकको मन बुझाउन सफल बनेको छ । सबैको रोजाईमा परेका र एक अब्बल उत्कृष्ट प्रतिभा भएका प्रतिस्पर्धी नै विजेता बनेकामा यस पटक भने  कोही दुखी नभएको सामाजिक सञ्जालमा आएको प्रतिक्रियाहरुबाट बुझ्न सकिन्छ ।



अडिसन राउण्ड देखि फाइनल सम्म कारणले सबै दर्षको मन जित्न सफल भएका थिए । यस पटक सिङ्गीङ रियालिटी सो नेपाल आइडलले सबै दर्शक तथा संगीत प्रेमीहरुको मन बुझाउन सफल भएको छ । Grand Finale पछि नेपाल आईडलको चौतर्फी चर्चा चुलिएको र अब आउने दिनहरुमा आम दर्शक श्रोताको माया अझ बढेर जाने देखिन्छ ।



करण परियार नेपाल आइडल सिजन ५ को विजेता बन्दै गर्दा दर्शकबाट यस अघिका विजेताहरू जस्तै करण पनि ओझेल पर्ने पो होकी भन्ने एक खालको आशंका दर्शकहरुमा  पाईन्छ। जसरी पहिलाका विजेताहरू ओझेल परे त्यसरी नहराउन भनी आग्रह गर्दै विजेता भएकोमा शुभकामना सगै अझै उज्ज्वल भविष्यको कामना समेत गरेका छन् ।



यो सिजनको फईनल भएसंगै Nepal Idol Junior को अडिसन सुरुहुन गईरहेको छ ।

Link: https://youtu.be/A77sH5M-VFU

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post