कान्तिपुरकाे बिबादित कार्यक्रमबारे बाेले सुरज सिंह ठकुरी-ओशिनलाई लगाए ब्रान्ड ध्वस्त गराएकाे आराेप

https://www.facebook.com/smarttvnepal79/videos/2432343616951832

 अन्तत बिबादित कार्यक्रम ईट्स माई शाे काे बिषयमा यसअघिका संचालकले सुरज सिंह ठकुरीले मुख खाेलेका छन् ! उनले एक स्टाटस राख्दै यस्ताे लेखेका छन् "म यो स्पष्ट पार्न चाहन्छु कि म अब कुनै पनि हैसियतमा शो मा आबद्ध छैन, न त होस्ट न प्रमुख कार्यकारी निर्माताको रूपमा नै... तपाईंहरू सबैले मलाई वर्षौंदेखि देखाउनुभएको अपार माया र समर्थनको लागि म सधैं आभारी छु।



... म यति मात्र भन्न सक्छु कि मेरो 23 वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्डप्रतिको मेरो Loyalty ध्वस्त भएको छ... एक टिभीको अनुहारको रूपमा, म दुखी छु र यस्तो कन्टेन्टको हिस्सा बन्न चाहन्न।"

सुरजले छाेडेपछि उक्त ईट्स माई साे संचालन गर्न आएकि ओशिन सिटाैला पहिलाे एपिसाेडमै बिबादमा तानिएकि हुन् ! एक घण्टा लामाे कार्यक्रम अबधिभरी बिबादमा आउन सक्ने थुप्रै कन्टेन्ट भेट्न सकिन्छ ! आफैमा ब्रान्ड बनिसकेकाे कार्यक्रमलाई हिट बनाउनकै लागि अनेक फर्म्याट बनाएकि ओशिनले आफ्नै यति धेरै बिबाद हाेला भन्ने सायदै साेचेकि थिईनन् ! साे मा समाबेश बर्जर राउन्डमा अभिनेता अनमाेल केसी र अभिनेत्री जसिता गुरुङकाे चरित्र हत्या गरिएकाे भनिएकाे पार्ट सँगै देशकै सबैभन्दा ठुलाे र चर्चित टेलिभिजनमा कुनै प्रश्नकाे जबाफ दिन नसकेकै भरमा शरिरकाे कुनै भागकाे कपडा खाेल्नुपर्ने भनेर नङ्गाउन खाेजिएकाे भन्दै बिराेध भएकाे हाे !

ओशिनकाे पहिलाे एपिसाेड भिउज र चर्चाकाे आधारमा त सफल भयाे तर बिबादकै कारण अर्काे एपिसाेडमा ओशिन नै हुने नहुने वा शाे नै अर्काे एपिसाेड निर्माण हाेला नहाेला अन्याेलता छाएकाे छ !
Link: 


कान्तिपुरकाे बिबादित कार्यक्रमबारे बाेले सुरज सिंह ठकुरी-ओशिनलाई लगाए ब्रान्ड ध्वस्त गराएकाे आराेप कान्तिपुरकाे बिबादित कार्यक्रमबारे बाेले सुरज सिंह ठकुरी-ओशिनलाई लगाए ब्रान्ड ध्वस्त गराएकाे आराेप Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on June 26, 2024 Rating: 5

No comments

Videos