कान्तिपुरकाे बिबादित कार्यक्रमबारे बाेले सुरज सिंह ठकुरी-ओशिनलाई लगाए ब्रान्ड ध्वस्त गराएकाे आराेप

https://www.facebook.com/smarttvnepal79/videos/2432343616951832

 अन्तत बिबादित कार्यक्रम ईट्स माई शाे काे बिषयमा यसअघिका संचालकले सुरज सिंह ठकुरीले मुख खाेलेका छन् ! उनले एक स्टाटस राख्दै यस्ताे लेखेका छन् "म यो स्पष्ट पार्न चाहन्छु कि म अब कुनै पनि हैसियतमा शो मा आबद्ध छैन, न त होस्ट न प्रमुख कार्यकारी निर्माताको रूपमा नै... तपाईंहरू सबैले मलाई वर्षौंदेखि देखाउनुभएको अपार माया र समर्थनको लागि म सधैं आभारी छु।



... म यति मात्र भन्न सक्छु कि मेरो 23 वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्डप्रतिको मेरो Loyalty ध्वस्त भएको छ... एक टिभीको अनुहारको रूपमा, म दुखी छु र यस्तो कन्टेन्टको हिस्सा बन्न चाहन्न।"

सुरजले छाेडेपछि उक्त ईट्स माई साे संचालन गर्न आएकि ओशिन सिटाैला पहिलाे एपिसाेडमै बिबादमा तानिएकि हुन् ! एक घण्टा लामाे कार्यक्रम अबधिभरी बिबादमा आउन सक्ने थुप्रै कन्टेन्ट भेट्न सकिन्छ ! आफैमा ब्रान्ड बनिसकेकाे कार्यक्रमलाई हिट बनाउनकै लागि अनेक फर्म्याट बनाएकि ओशिनले आफ्नै यति धेरै बिबाद हाेला भन्ने सायदै साेचेकि थिईनन् ! साे मा समाबेश बर्जर राउन्डमा अभिनेता अनमाेल केसी र अभिनेत्री जसिता गुरुङकाे चरित्र हत्या गरिएकाे भनिएकाे पार्ट सँगै देशकै सबैभन्दा ठुलाे र चर्चित टेलिभिजनमा कुनै प्रश्नकाे जबाफ दिन नसकेकै भरमा शरिरकाे कुनै भागकाे कपडा खाेल्नुपर्ने भनेर नङ्गाउन खाेजिएकाे भन्दै बिराेध भएकाे हाे !

ओशिनकाे पहिलाे एपिसाेड भिउज र चर्चाकाे आधारमा त सफल भयाे तर बिबादकै कारण अर्काे एपिसाेडमा ओशिन नै हुने नहुने वा शाे नै अर्काे एपिसाेड निर्माण हाेला नहाेला अन्याेलता छाएकाे छ !
Link: 


Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post