कमेडी कल्ब बन्द भएपछि देशै छाेड्न लागेका मुन्द्रे-कान्तिपुर र ईट्स माई साे लाई बायाङ्य गर्दै पाेखे मनभरिकाे पीडा

 कान्तिपुर टेलिभिजन बाट प्रसारित कार्यक्रम ईट्स माई साे बिबादमा परेपछि कलाकार जितु नेपाल 'मुन्द्रे'ले पनि मुख खाेलेका छन् ! आफ्नाे फेसबुक वालमा एक लामाे स्टाटस राख्दै उनले लेखेका छन् !


राष्ट्रीय टेलीभीजनबाट आउने कार्यक्रम लोकसेबा भन्दानी कडा लोकसेबामा जवाफ न मिले, जागीर खान नपाईने।  कार्यक्रममा जबाफ न मिले लुगा लाउन न पाईने रछ। अग्रेजी बोल्ने कार्यक्रमा गयो भने सबै भन्दा ठुलो सेलीब्रेटी हुइन्छ, बौदिक हुइन्छ बोल्ड हुइन्छ उधुम हिट हुइन्छ भनेर,उसैता अग्रेजी अनुसारको थोरै  लुगा लाएर गएका गेष्टले कती लुगा खोल्नु कती लाउनु बरा….त्यामाथी कार्यक्रम एउटा,अतीथी एउटा, कुरा अर्काको त्यो पनि ब्यक्तीगत।कठै बरा आफुले अरूको बारेमा बोल्दा  भोली अरूले पनि आफ्नो बारेमा बोले के गर्नो भन्ने पनि हेक्का न भएको किन होला..?  यो कसैको दोष होइन कार्यक्रम सन्चालन गर्ने सन्चालक ज्यूको अग्रेजीको दोष हो जे गर्छ अग्रेजीले गर्छ। मैले हिजो मेरो कमेडी क्लबमा आएका अतिथीहरूलाई सकभर तपॅाइ पनि भनीन हजुरनै भने,कार्यक्रममा आएका पाहुनाहरूलाई हेप्नु,पेल्नु अप्ठारोमा पार्नु,अरूको टिका टिप्पडी गर्न लगाउनु र बिवादमा पारेर भाइरल हुनु, सो हिट बनाउनु मेरो कुनै उदेश्य थीएन। मात्रै एक मात्र उदेश्य प्रतक्ष्य दर्शकहरूको माझमा नेपाली साना ठुला हरेक क्षेत्रका सेलीब्रेटीहरूलाई प्रस्तुत गर्ने र दर्शकहरूलाई मनोरन्जन दिने। र पनि मेरा क्लबका पात्रहरूले कहीले कॅाही  हसी मजाकमा केही अतीथीहरूले अप्ठारो मान्दा मैले सुटिगॅ हुदॅा हुदै र सकिएपछी के के काट्नु पर्छ भनेर सोध्ने गर्थे। धेरैलाई यसरी सोधेर धेरै दृष्य काट्ने गर्थे । एक दुई जना अतीथीका त सहयोगी सम्पादनमै समेत बसेर यो यो काटौ समेत भन्नु भयो र काटीयो पनि। यो कुरा कार्यक्रममा आएका स्वयॅम अतीथीहरूलाई सोध्दा पनि हुन्छ। म मेरा सम्पुर्ण साथीहरूलाई भन्ने गर्थे बरू कार्यक्रमले न हसॅाओस, भीवर्स भनेजती न आवोस,तर हॅामी भनेर आएका अतीथीहरूले चित्त नदुखाउन र फेरी बोलाउदा न आउने बातावरण न बनोस। जसको फल स्बरूप मेरो ३ सिजनको १८४ भागमा ४/५ पटक सम्म एउटै अतीथी आउनु भयो। तर मैले यसमा जस पाइन आदरणिय हरीबंस दाई मदन दाई र कोही सुभ चिन्तक बाहेक कसैले पनि राम्रो गरेउ भनेर हौसला दिएनन, जसका कारण मैले बिचबिचमा धेरै पिडा भोग्नु पर्यो र कार्यक्रम नै रोक्न समेत पर्यो। एक पटक त सबै छोडेर बिदेश पलाएन हौंकी भन्ने सोच पनि आयो।कसैले पनि एसका राम्रा र सकारात्मक पक्ष लाई हेरेनन खाली बिदेशी कार्यक्रमको नक्कल गर्यो भनीमात्रै र हे, ठ्याक्कै त्यही जस्तो भने। छिमेकी देशमा करोडौ बजेटमा बनेको कार्यक्रम र जाबो १/२ लाखमा त्यो पनि बेलामा पैसा न पाई, न पाई ,रोइकराई मैले गरेको कार्यक्रम उस्तै हुनु,उस्तै लाग्नु र यसले नयॅा प्रतीभाहरू जन्माउनु करीब २०/२५ जनालाई रोजगारी दिनुलाई न कुनै मिडीया न कुनै पत्रकारहरूले लेखे र बोले र हौसला दिए। र पनि जसो तसो गरीररहेको कार्यक्रम अमेरीका भ्रमणमा २०/२५ दिन गएर आएर घरमा बिहीबार आफ्नो कार्यक्रम आउछ भनेर हेर्दा अर्कै कार्यक्रम आएछ। कार्यक्रममा आएका अतीथी समेत झुक्किएछन बिहीवार आउने कार्यक्रम अर्कै बार सारेको कुरा न मलाई जानकारी भयो न कुनै सुचना र बिज्ञापन गरीयो,चित्त सारै दुख्यो र केही अरूपनि कारणले गर्दा मैले कार्यक्रम गर्न सकिन र रोके। यी भए हिजोका कुरा अब आजका कुरा गरौ, बै कुरा हेक्का भएनछ। उनले बयाङ्य सँगै आफ्नाे पीडा पनि सुनाएका हुन् !
कमेडी कल्ब बन्द भएपछि देशै छाेड्न लागेका मुन्द्रे-कान्तिपुर र ईट्स माई साे लाई बायाङ्य गर्दै पाेखे मनभरिकाे पीडा कमेडी कल्ब बन्द भएपछि देशै छाेड्न लागेका मुन्द्रे-कान्तिपुर र ईट्स माई साे लाई बायाङ्य गर्दै पाेखे मनभरिकाे पीडा Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on June 27, 2024 Rating: 5

No comments

Videos