स्वस्तिमा देखि आँचलसम्मलाई टक्कर दिदै सिम्रन-सुन्दरताले खुवाउछ सबैलाई मात

 माहानायक राजेश हमाल सँग समेत काम गरिसकेकि सिम्रन पन्तले अब 'हाेस्टेल ३' बाट सिने नगरिमा धुम मच्चाउने भएकि छिन ! हमाल सँगकाे उनकाे उक्त कामलाई कराेडाैले हेरेका छन् ! सिम्रनकाे सुन्दरताले पछिल्लाे समयका चर्चित नायिकाहरु स्वस्तिमा खड्का देखि प्रियंका कार्की,पुजा शर्मा,केकी अधिकारी,वर्षा रावत,वर्षा शिवाकाेटी र आँचल शर्मा सम्मलाई टक्कर दिनेमा दुईमत छैन ! टिकटक लगायत सामजिक संजालहरुमा चर्चामा रहेकि सिम्रनले भारतमा समेत अभिनय सिकेकि छिन् ! टिकटकमा उनकाे सुन्दरता र अभिनयकाे तारिफ हुने गरेकाे छ ! थुप्रै म्युजिक भिडियाेमा समेत अभिनय गरिसकेकी सिम्रनले केही समय अगाडि चलचित्र बिकास बाेर्डले दिएकाे अभिनय सम्बन्धि ५ दिने कार्यशालामा पनि सहभागिता जनाएकि थिईन ! हुनत सिम्रनले केही महिनाअघि निमार्ण घाेषणा भएकाे चलचित्र 'राजमहल'साईन पनि गरिन् तर उक्त चलचित्रकाे चर्चा खासै छैन ! तर 'हाेस्टेल ३'काे चर्चा भने छुट्टै छ ! सिम्रनकाे सुन्दरताले जस्तै अभिनयले पनि दर्शककाे मन जित्नेमा फिल्म युनिट ढुक्क छ !


चलचित्रमा सशक्त भूमिकामा अनुबन्धित भएकी सिम्रनकाे लक्ष्य चलचित्र नै भएता पनि ‘स्क्रिन टेस्ट’ र अभिनयको निखरताको लागि उनले केही म्युजिक भिडियाे र एक दर्जन विज्ञापनमा अभिनय गरेकी छन्। नयाँ तर सशक्त अभिनय गर्न सक्ने साथै चलचित्रको लागि पात्र सुहाउँदो नायिकाको आवश्यक परेकाले सिम्रनको लगाव र काम हेरेर चलचित्रमा लिएको निर्देशक ससान कडेल बताउछन् ! निर्माण अगाबै चर्चामा रहेकाे चलचित्र ‘होस्टेल ३’को प्रमुख भूमिकामा सिम्रनसँगै टिकटकर तथा ‘भिडियो कन्टेन्ट कृयटर ‘कुल ब्वाय’ अर्थात् पारस बम ठकुरी, दार्जलिङकाे चर्चित कन्टेन्ट क्रियटर पदम तामाङ साथै गायक रिहान गिरी देखिने छन् ! चलचित्रमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताईएकाे छ । यस वर्षको अन्त्यतिर रिलिज लक्ष्य राखेर फिल्म युनिटले काम सुरु गरेकाे छ ! ‘होस्टेल’ चलचित्र शृङ्खला स्टारहरू जन्माउने फिल्मका रूपमा चिनिन्छ। ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। हाेस्टेल फेमबाट डेब्यु गरेका प्राय सबै अहिलेका सफल कलाकारका रुपमा चिनिन्छन् । दश बर्षअघि निर्माण भएकाे चलचित्र ‘होस्टेल’ र आठ बर्ष अघि निर्माण भएकाे ‘होस्टेल रिटर्न्स’ले दर्शककाे उत्साहाजनक साथ पाएकाे थियाे ! सम्मान इन्टरटेन्मेन्टले आरोन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्न लागेकाे फिल्ममा माधव शर्माका स्क्रिप्ट रहेकाे छ भने कथा निर्देशक कँडेललेकै रहेकाे छ !

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post