प्रेमिकासंग शारीरिक सम्पर्क राख्दा युवाकको मृत्यु ।

 वैदेशिक रोजगारीबाट घर फर्कीएकै दिन प्रेमिकासंग यौन सम्बन्ध  राख्न होटल पुगेका धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सिरहामा यौनशक्ति बढाउने औषधिको सेवन गरेर प्रेमिकासंग शारीरिक सम्पर्क राख्दा उनको मृत्यु भएको आशंका गरिएको छ ।



सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको जानकारी दिए । युवक सोमबार धनगढीमाइ होटेल एण्ड लजमा प्रेमिकासहित पुगेका थिए । ‘सेक्स पावर’ बढाउने औषधीको सेवनबाट उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । 

मृतक मलेसियाबाट सोमबार बिहान मात्र सिरहा घर फर्केको कुरा खुल्न आएको छ । घरपुगे लगतै नुहाई धुवाई गरेर साथीलाई सामान दिन्छु भनेर घरबाट निस्केका युवकको मृत शरीर होटेलमा भेटिएको हो । प्रहरीले गरेको सोधपुछमा सोहि समयमा युवक सोमबार बिहान साढे ९ बजे एक महिलासँगै उक्त होटेलमा इन्ट्री गरेको पाइएको छ । मृतकले विदेशबाट गर्खरै आएको पासपोर्ट देखाउँदै श्रीमतीसँग बस्ने भनेर होटलको एउटा रुम बुक गरेको खुलेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी प्रमुख पण्डितले भने अनुसार ‘बिहान साढे ९ बजेदेखि होटेल प्रवेश गरेको देखिएको छ । त्यसपछि करिब अढाइ बजेतिर श्रीमान सुतिरहेको भन्दै काम विशेषले ती महिला बाहिर निस्केको देखिन्छ । उनी बाहिर गइसकेको झन्डै २ घण्टासम्म नफर्केपछि होटलवाला साँझ रुममा गए, जहाँ कामत मृतक अवस्थामा भेटिएका थिए ।’


घटना थाहापाए पछी नुरुन्तै होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।  मुचुल्का उठाउन घटनास्थलमा तत्कालै प्रहरीको टोली पुग्यो र त्यसपछि उक्त टोलीले शवको बरामदी मुचुल्का उठाउनुको साथै घटनाको प्रकृति तथा विश्लेषण सुरु गय्रो । 



यही क्रममा प्रहरीको टोलीले होटेलमा मृतकलाई बमिट गरेको तथा उत्तानो पल्टेर मृत अवस्थामा फेला पारेको थियो । प्रहरीका अनुसार त्यहाँ मृतकले अत्यधिक बान्ता गरेका थिए । 


त्यसपछि प्रहरीको टोलीले त्यही कोठाबाट २ वटा प्रयोग भएका यौन सम्पर्क सुरक्षाका साधनपनि बरामद गरेको छ ।  बरामद भएको ती साधन र बान्ताको विश्लेषण गर्दा उनको मृत्यु यौन शक्ति बढाउने औषधी सेवनबाट भएको प्रहरीको निष्कर्ष छ । 


प्रहरीले मृतकसँगै गएकी महिलाको पहिचान भइसकेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Link:  https://www.facebook.com/smarttvnepal79/videos/969471574656961

प्रेमिकासंग शारीरिक सम्पर्क राख्दा युवाकको मृत्यु । प्रेमिकासंग शारीरिक सम्पर्क राख्दा युवाकको मृत्यु । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on June 26, 2024 Rating: 5

No comments

Videos