प्रेमिकासंग शारीरिक सम्पर्क राख्दा युवाकको मृत्यु ।

 वैदेशिक रोजगारीबाट घर फर्कीएकै दिन प्रेमिकासंग यौन सम्बन्ध  राख्न होटल पुगेका धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सिरहामा यौनशक्ति बढाउने औषधिको सेवन गरेर प्रेमिकासंग शारीरिक सम्पर्क राख्दा उनको मृत्यु भएको आशंका गरिएको छ ।



सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको जानकारी दिए । युवक सोमबार धनगढीमाइ होटेल एण्ड लजमा प्रेमिकासहित पुगेका थिए । ‘सेक्स पावर’ बढाउने औषधीको सेवनबाट उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । 

मृतक मलेसियाबाट सोमबार बिहान मात्र सिरहा घर फर्केको कुरा खुल्न आएको छ । घरपुगे लगतै नुहाई धुवाई गरेर साथीलाई सामान दिन्छु भनेर घरबाट निस्केका युवकको मृत शरीर होटेलमा भेटिएको हो । प्रहरीले गरेको सोधपुछमा सोहि समयमा युवक सोमबार बिहान साढे ९ बजे एक महिलासँगै उक्त होटेलमा इन्ट्री गरेको पाइएको छ । मृतकले विदेशबाट गर्खरै आएको पासपोर्ट देखाउँदै श्रीमतीसँग बस्ने भनेर होटलको एउटा रुम बुक गरेको खुलेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी प्रमुख पण्डितले भने अनुसार ‘बिहान साढे ९ बजेदेखि होटेल प्रवेश गरेको देखिएको छ । त्यसपछि करिब अढाइ बजेतिर श्रीमान सुतिरहेको भन्दै काम विशेषले ती महिला बाहिर निस्केको देखिन्छ । उनी बाहिर गइसकेको झन्डै २ घण्टासम्म नफर्केपछि होटलवाला साँझ रुममा गए, जहाँ कामत मृतक अवस्थामा भेटिएका थिए ।’


घटना थाहापाए पछी नुरुन्तै होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।  मुचुल्का उठाउन घटनास्थलमा तत्कालै प्रहरीको टोली पुग्यो र त्यसपछि उक्त टोलीले शवको बरामदी मुचुल्का उठाउनुको साथै घटनाको प्रकृति तथा विश्लेषण सुरु गय्रो । 



यही क्रममा प्रहरीको टोलीले होटेलमा मृतकलाई बमिट गरेको तथा उत्तानो पल्टेर मृत अवस्थामा फेला पारेको थियो । प्रहरीका अनुसार त्यहाँ मृतकले अत्यधिक बान्ता गरेका थिए । 


त्यसपछि प्रहरीको टोलीले त्यही कोठाबाट २ वटा प्रयोग भएका यौन सम्पर्क सुरक्षाका साधनपनि बरामद गरेको छ ।  बरामद भएको ती साधन र बान्ताको विश्लेषण गर्दा उनको मृत्यु यौन शक्ति बढाउने औषधी सेवनबाट भएको प्रहरीको निष्कर्ष छ । 


प्रहरीले मृतकसँगै गएकी महिलाको पहिचान भइसकेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Link:  https://www.facebook.com/smarttvnepal79/videos/969471574656961

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post