आर्यनकाे प्रेममा शाेभित छाेरी सलिना-संगै खेल्दैछन् फिल्म

 अभिनेता सलाेन बस्नेतकि बहिनी सलिना बस्नेत प्रेममा छिन् ! उनि बुटवल निबासी आर्यान पाैडेलसँग केही समय यता प्रेममा रहेकाे बुझ्न सकिन्छ ! करिब २ साता अघि नेपाल आएकि सलिना पनि मिडियामाझ छाईरहेका छिन् ! दाजु सलाेन बस्नेतकाे छाेरी अर्थात उनकाे भदैनि सान्भिकालाई भेट्न उनि नेपाल आएकि हुन् ! बाबु शाेभित सँगै संचारमाध्यममा अन्तर्बार्ता दिदैमा सलिनाकाे नेपाल बसाई कटिरहेकाे छ ! अन्तर्बातामा साेधिएका प्रेम सम्बन्धी प्रश्नहरुमा सलिना खुलेर कुरा गर्ने गर्छिन् ! कुराकानीमा उनले आफ्नाे प्रेमिकाे खुलेर तारिफ पनि गर्छिन ! बुझिए अनुसार उनि अस्ट्रेलियानै बस्दै आएका बुटवलका आर्यन पाैडेलकाे प्रेममा छिन् ! आर्यन र सलिनाले एक अर्कासँग बनाएका राेमान्टिक भिडियाेहरु दुबैकाे फेसबुक वाल लगायत सामजिक संजालहरुमा देख्न सकिन्छ ! दुबैले अस्ट्रेलियाममा सँगै फाेटाे र याड सुट पनि गरेका छन् ! एकअर्का सँग राेमान्टिक देखिने याे जाेडी बास्तबमै प्रेममा छन् कि मिल्ने साथी मात्र हुन् भन्ने कुरा आगामी दिनमा थाहा हुने नै छ ! खैर सलिना र आर्यान केहि साता अघिमात्र सँगै जसाे नेपाल आएका हुन् ! जसले पनि सलिना र आर्यन गहिराे प्रेममा छन् भन्ने कुरालाई थप बल पुग्छ ! नेपाल बसाँईकाे प्राय दिन उनिहरुले सँगै बिताईरहेका छन् ! सलिना र आर्यन'हामी छाै' नामक एक डकुमेन्ट्रीमा अभिनय गरिरहेका छन् ! सुटिङकै क्रममा उनिहरुले मिडियामाझ संगै अन्तर्बाता पनि दिएका छन् !


निर्देशक तथा कलाकार शाेभित बस्नेतकि छाेरी हुन सलिना,अध्ययन तथा राेजगारीकाे शिलशिलामा उनि अष्ट्रेलिया बस्दै आएकि छिन् ! बस्नेत परिवारका अधिकांश सदस्य कलाकारिता क्षेत्रमा सक्रिय छन् ! ति मध्ये सलिना पर्दिनन् ,तरपनि पछिल्लाे समय सलिनाकाे सक्रियता पनि सामजिक संजाल लगायत प्ल्याटफर्महरुमा बढ्दाे छ ! हुनत सलिना पनि फिल्म क्षेत्रमा प्रबेश गर्दैछिन भन्ने चर्चा केही बर्ष अघिदेखि नै नचलेकाे भने हाेईन तर प्रबेश भने गरेकि छैनन् ! चलचित्र क्षेत्रमा शाेभित परिवारलाई बिन्दास परिवारकाे रुपमा लिईने गरिन्छ ! उनकाे परिवारकाे दिनहु जसाे अन्तरबार्ताहरु आईनैरहन्छ ! तसर्थपनि मिडियामाझ उनिहरुका प्राय कुराहरु छर्लङ्ग नै छ ! नेपाल आए लगत्तै उनले चलचित्र लण्डन टु पेरिस पनि हेरिसकेकि छिन् ! चलचित्रकाे डेब्यु डान्ट नायक निश्चल खड्का उनकाे साथि समेत हुन् !
आर्यनकाे प्रेममा शाेभित छाेरी सलिना-संगै खेल्दैछन् फिल्म आर्यनकाे प्रेममा शाेभित छाेरी सलिना-संगै खेल्दैछन् फिल्म Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on June 24, 2024 Rating: 5

No comments

Videos