स्वस्तिमा र सम्रागीले आफ्नो चरित्र माथि आउला उठाए पछि जसिता गुरुङ आक्रोश । महिला भएर महिला कै बेइज्जत गर्ने भन्दै लेखिन स्टाटस । माफि माग्नु पय्रो स्वस्तिमा र साम्राज्ञीले ।

 कान्तिपुर टेलिभजनबाट प्रसारण भएको एउटा कार्यक्रममा अहिलेका चर्चित अभिनेत्रीहरू स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहले आफ्नो चरित्र माथि आउला उठाए पछि अभिनेत्री जासिता गुरुङले आक्रोश व्यक्त गरेकी छिन्  ।  हालै मात्र कान्तिपुर टेलिभिजनमा प्रसारित उक्त कार्यक्रममा अभिनेत्रीहरू स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहले एउटा प्रश्नमा अभिनेता अनोल केशी र जसिता गुरुङ को प्रेम सम्बन्धका बारेमा मात्र आफ्नो धारणा व्यक्त गरेका थिएनन् उनीहरूले विगतमा ३ जना प्रेमी पनि परिवर्तन गरेको समेत बताएका थिए । 


उनीहरूले राष्ट्रिय टेलिभिजन मार्फत आफ्नो व्यक्तिगत सम्बन्धका बारेमा अनुचित टिपन्नी गरेपछि  सालिन अभिनेत्रीको छवि बनाएकी जसिता गूरुङ्गले इन्स्टाग्राममा एउटा लामो स्टाटस पोस्ट गरेकी छिन्  । जसमा उनले स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह प्रति आक्रोश व्यक्त गरेकी छिन्। 



जसिताले आफ्नो नोटको अन्त्यमा अभिनेत्री साम्रागिले आफूलाई सामाजिक सञ्जालमा ब्लक गरेको समेत उल्लेख गरेकी छिन् । अब भने मैले यस बारेमा बोल्नै पर्ने भयो । एउटा राष्ट्रिय टेलिभिजनमा कसैको व्यक्तिगत जीवनको बारेमा उनीहरूले कसरी वहस गर्न सकेका हुन् मैले बुझ्न सकेको छैन । कसैको व्यक्तिगत जीवनको बारेमा बुझ्दै नबुझी यसरी बोल्ने हिम्मत कसरी गरियो भनेर प्रश्न गरेकी छिन् । 


यो अन्तर्वार्ता हेरेपछि ।  म यी व्यक्तिहरूबाट एकदम गहिरो रूपमा दुखी भएकी  छु । अभिनेत्री गुरुङको भनाई छ के साच्चिकै हामी एक महिले अर्को महिलालाई तल झार्ने प्रतिष्पर्धामा लागेका हौं । उनीहरू संग मेरो कुनै व्यक्तिगत चिनजान तथा समस्या समेत छैन । प्रारम्भ देखिनै मैले उनीहरूलाई अभिनेत्री तथा कार्यक्रम प्रस्तोताको रूपमा उच्च सम्मान गर्दै आएकी थिए। 

तपाईहरुले बोल्नु भएको कुराले मेरो जीवन कतिको प्रभावित हुन्छ भन्ने बुझ्नु भएको छ उनले सोधेकी छिन्। 


के तपाईँलाई थाहा छ मैले मेरो विगतमा जिवनमा के के भोगेकी छु । अभिनेत्री गुरुङले आफ्नो परिवारले यी अभिनेत्रीहरूको अन्तर्वार्ता हेरिरहेको हुन सक्ने बताउँदै उनले भनेकी छिन् । 


तपाईहरुले महिला भएर समाजमा कस्तो उदाहरण बसाल्नु भएको छ कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रुपमा बद्नाम गर्ने र चर्चा गर्ने कारण किन ? अभिनेत्री जासिताले अभिनेत्री सम्रागिले सामाजिक सञ्जालमा ब्लक नै गरिसकेको बताएकी छिन् । 


गुरुङको उक्त पोस्टमा प्रतिक्रिया जनाउँदै  अभिनेता अनमोल केसीले म यी सम्मानित महिलाहरुलाई रील को चरित्र भन्दा रियल चरित्रमा फोकस गर्न  आग्रह गर्छु भनेर लेखेका छन् । यसै बीच अभिनेत्री स्वस्तिमा खड्काले उक्त पोस्टमा कमेन्ट गरेर अभिनेत्री जसीता गुरुङ संग माफी माग्दै कार्यक्रमको रमाइलो स्वरूप अनुरूप उनले ठ्ट्टा गर्ने शैलीमा टिप्पणी गरेर गल्ती भएको स्वीकार गरेकी छिन् र साम्राज्ञी राज्य लक्ष्मी शाहले पनि माफी मागेकी छिन् ।

Link: https://www.facebook.com/smarttvnepal79/videos/406114315747789

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post