प्रेममा कमला घिमिरे र किसन ! रिल र रियल दुबैमा हाेलान त जाेडी ?

पाँच बर्ष अघि एघार बर्षकाे सानाे उमेरमै लाेभलाग्दाे चर्चा कमाएकि कमला घिमिरेकाे चर्चासँगै बिबाद पनि आईनैरहन्छ ! कहिले उनि आफ्नै कारणले चर्चा र बिबादमा आँउछिन् त कहिले अरुकाे कारणले ! चर्चा र बिबाद कमलाकाे पर्याबाचीनै हुन् भन्दा फरक पर्दैन ! अहिले कमला १६ बर्षकि भईन्,पाँचबर्ष अघि सानी देखिने उनि अहिले हलक्क बढेकि छिन् ! अहिले पनि उनी गित सँगितमा उतिनै सक्रिय छिन् जति पाँचबर्ष पहिले थिईन् ! दिनहु जसाे उनकाे लाईभ दाेहाेरी र अन्तर्बार्ता आईनै रहन्छ ! यता बाल गायक किसन सिजापति पनि गितसंगितमा कमलाजस्तै सक्रिय छन् ! उनकाे पनि दिनहु जसाे लाईभ दाेहाेरी र अन्तर्बार्ता आईरहन्छ ! कमला र किसनकाे लाईभ दाेहाेरी र अन्तर्बाता त झनै दर्शकले रुचाउदै आएका छन् ! उनिहरु निकट श्राेतका उनिहरु केहिबर्ष यता प्रेममा छन् भन्ने सुनिन्छ ! हुनपनि उनिहरु एकअर्काकाे तारिफ गरेर थाक्दैनन् ,एकअर्काकाे बारेमा खुलेरै कुरा गर्छन् ! सँगै अन्तरबार्ता दिन्छन् सँगै गित गाँउछन्,जसले पनि दर्शकले उनिहरु प्रेममा छन् भन्ने आँकलन गर्छन् ! तर दुबै अहिलेसम्म नाबालिग नै छन् ! दुबैकाे प्रेम गर्ने भन्दा पनि करियर बनाउने उमेर हाे ! हुन त प्रेम गर्न उमेरले छेक्दैन भनिन्छ तर पनि कमला र किसनकाे हकमा भने प्रेम गर्ने उमेर भएकाे छैन कि !


पाँच बर्षअघि एक कार्यक्रममा गायक अमृत सापकाेटासँग बाल गायिका कमला घिमिरेले गाएकाे लाईभ दाेहारी रातारात भाईरल बन्याे ! उक्त लाईभ दाेहाेरीले यति चर्चा पायाे कि जुन चर्चाले न त कमला घिमिरेले पछाडी फर्केर हेर्नुपर्याे न अमृत सापकाेटाले ! हिजाेसम्म कसैले नसुनेकाे नाम कमला घिमिरे र अमृत सापकाेटा, नसुन्ने र नचिन्ने खासै काेहि भएनन् ! रातारात भाईरल बनेपछि कमला र अमृतकाे अन्तर्बाता लिन मिडियाहरु कमलाकै घर धादिङकाे निलकन्ठ नगरपालिका साङ्काेस सम्म पुगे ! केहिदिन कमला र अमृत मिडियामाझ यसरी छाए कि उनिहरुकाे गित,अन्तर्बाता,बाहेक सामाजिक संजालमा अरु खासै देखिदैन थियाे ! रातारात चर्चामा आएसँगै कमला र अमृत बिचकाे लाईभ दाेहाेरी दर्शकले खुबै रुचाए ! त्यसबेला पनि चर्चित बनिसकेकाे कार्यक्रम ईन्द्रेणीमा उनै कमला घिमिरे र चर्चित गायक राजु परियारले भँगेरी चरी बाेलकाे गितमा गाएकाे लाईभ दाेहाेरी ईतिहाँसकै सबैभन्दा धेरै पटक हेरिएकाे लाईभ दाेहाेरी हाे ! जसलाई दुई कराेड पटक भन्दा बढि हेरिएकाे छ ! कमलाकाे आवाजमा रहेकाे गितहरु चिया छानेकाे,माँसकाे मस्याैरी,अाैँठी सुनैकाे,डाेकाे बुनेर लगायतका गितहरु चर्चित छन् ! जसलाई कराेडाैँ पटक हेरिएकाे छ ! यता किसन भने बरु दिन कटाउला साथी बनेर बाेलकाे गित कभर गाएर चर्चामा आएका थिए ! त्यसपछि उनले थुप्रै लाईभ दाेहाेरी गाईसकेका छन् ! तसर्थपनि कमला र किसनकाे साँगितिक जाेडीलाई दर्शकले अत्याधिक रुचाएका हुन् ! रिल मात्र नभएर रियल जाेडीकै रुपमा हेर्न चाहेका हुन् ! खैर आगमी दिनमा के हाेला त्याे भने हेर्न बाँकी नै छ ! तर कमला र किसनलाई केहिबर्ष रियल भन्दा पनि रिल जाेडीकाे रुपमा सफलता मिलाेस शुभकामना !

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post