आफ्नो उमेर बढ्दैछ भनेर अब नआतिनुस धेरै समयको अनुशन्धान पछि बुढेउलिपन कम गरी सधै जवान देखीने शुत्र ब्लु प्रिन्ट बनिसकेको छ ।

 आफ्नो उमेर बढ्दैछ भनेर अब नआतिनुस धेरै समयको अनुशन्धान पछि बुढेउलिपन कम गरी सधै जवान देखीने शुत्र ब्लु प्रिन्ट बनिसकेको छ । हजुरको जन्मदिन कति महिना पछि आउँछ ? पक्कैपनि १२ महिना तर १ व्यत्ति छन् जस्ले आफ्नो जन्मदिन १९ महिना पछि मात्र आउने ठोक्वा गर्छन् । र हरेक जन्मदिनमा हजुरको उमेर १ वर्षले बढ्दछ तर उनै व्यत्तिले उनको उमेर भने हरेक १९ महिनापछि आउने जन्मदिनमा घट्ने गरेको दाबि गर्छन् । उनि हुन ब्रायन जोन्सन जो अहिले ४६ वर्षका भए तरपनि उनले आफ्नो उमेर घटाएर १८ वर्षको जस्तो देखीए भनेर पटक पटक प्रमाणीत गर्न खोजी रहेकाछन् ।



उमेर-प्रतिरोधी करोडपति ब्रायन जोन्सनले आफ्नो एन्टी-एजिङ क्वेस्टमा अर्को माइलस्टोन हासिल गरेको दाबी गर्छन् - उनी भन्छन् कि उनको जन्मदिन अब सामान्य १२ महिनाको सट्टा हरेक १९ महिनापछि आउँछ।


जोन्सन धेरै वर्ष पहिले $८०० मिलियनमा बेचेको भुक्तानी कम्पनी  ब्रेन्ट्री भेन्मोका संस्थापक हुन् । त्यसबेलादेखि, उनले आफ्नो उमेरलाई उल्टाउन लाखौं लगानी गर्दै आएका छन्। अति-समृद्ध प्राविधिक उद्यमीले आहार, व्यायाम र आफ्नो स्वास्थ्य तथ्याङ्कको सावधानीपूर्वक अनुगमनको कडा व्यवस्था मार्फत आफ्नो एपिजेनेटिक उमेर 5.1 वर्षले घटाएको दाबी गर्छन्। उसले आफ्नो एन्टी एजिङ शासनमा वार्षिक २ मिलियन डलरभन्दा बढी खर्च गर्छन्।


ब्रायन जोन्सनले सामाजिक सञ्जाल प्लेटफर्म X twitter मा हालै साझा गरेको पोष्टले आफ्नो बुढ्यौली दरलाई ०.६४ मा कम गरेको बताए।


त्यति मात्र नभएर ४६ वर्षको उमेरमा पनि  १८ वर्षको लुक्स जवान देखिने सूत्र बेचेर मनग्य आम्दानी गर्दैछन् उनले । जवान देखिने त्यो गोप्य सूत्र उनले हरेक व्यक्तिलाई ३४३ डलरमा बिक्री गर्न सुरु गरेका छन् । आफूले त्यही कोलबाट आफ्नो जैविक उमेरलाई उल्ट्याउन सफल भएको उनले जिकर गरेका छन् । जसकाकारण उनी आफ्नो वास्तविक उमेर भन्दा निकै जवान देखिन्छन् । जवान देखिने उक्त सूत्रको नाम उनले प्रोजेक्ट ब्ल्यु प्रिन्ट राखेका छन् । त्यसमा विशेष भोजन सहित दैनिक एकसय भन्दा धेरै चक्कीहरु खानु पर्दछ । जोन्सनले उक्ता जानकारीलाई ब्ल्यु प्रिन्ट स्टेटको नामबाट बिक्री गरिरहेका छन् । 


त्यसमा ड्रिंक्स मिक्स  प्रोटीन ८ ओटा चक्की स्नेक ओएल ६७ प्रकारका शक्तिशाली थेरापी तथा ४०० क्यालोरी सामिल रहेको छ। १००० भन्दा धेरै क्लिनिकल ट्रायल बाट उक्त सूत्र तयार भएको र त्यसमा आफुले निकै गहन अनुसन्धान गरेको उनको दाबी रहेको छ । उनका अनुसार त्यो सूत्र हरेक महिना ३४३ डलरमा किन्न पाइन्छ। जुन सामान्य खाजा खर्च भन्दा पनि सस्तो पर्ने उनले बताएका छन् । 

उनको उद्देश्य मानिसहरूको खानालाई पूर्णरुपमा बदल्न नभई केही अति आवश्यक सप्लिमेन्ट संग सम्बन्धित कमीहरुलाई पूरा गर्नु हो । स्निक भ्यालीका पूर्वकार्यकारी जोन्सन आफू जवान देखिने आफ्नो सनकलाई लिएर चर्चित व्यक्तिनै हुन । आफ्नो उमेर ४६ वर्ष भए पनि अहिले १८ वर्षको जस्तो देखिने गरेको उनी बताउँछन् । साथै उक्त सूत्रको पालना गर्दा आफ्नो स्वास्थ्यमा पनि सुधार भएको उनको भनाई छ । प्रोजेक्ट ब्ल्यु प्रिन्टमा उनले ठूलो लगानी गरेका छन् । जसमा विशेष भोजन, चिकित्सा ,निगरानी ,उपचार तथा व्यायाम रहेका छन् । जवान बनाउने उनको यो प्रोडक्ट अमेरिका, अष्ट्रेलिया,क्यानडा विभिन्न युरोपेली मुलुकहरू सगै यु.ए.ई. लगाएतका २३ देशमा उपलब्ध रहेको बताईएको छ ।
Video Link: https://youtu.be/OFeq8Boa-ks





आफ्नो उमेर बढ्दैछ भनेर अब नआतिनुस धेरै समयको अनुशन्धान पछि बुढेउलिपन कम गरी सधै जवान देखीने शुत्र ब्लु प्रिन्ट बनिसकेको छ । आफ्नो उमेर बढ्दैछ भनेर अब नआतिनुस धेरै समयको अनुशन्धान पछि बुढेउलिपन कम गरी सधै जवान देखीने शुत्र ब्लु प्रिन्ट बनिसकेको छ । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on June 17, 2024 Rating: 5

No comments

Videos