राजेन्द्र लिङ्गदेन र ज्ञानेन्द्र शाहि सहित सिंहदरबारभित्रैबाट पक्राउ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदहरूलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको छ।
उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतका नेताहरूलाई पनि संसदीय दलको कार्यालय परिसरमै सरकारविरुद्धको विरोध कार्यक्रम गरेपछि पक्राउ गरिएको हो।
बानेश्वरतर्फ निस्कन लाग्दा विरोध प्रदर्शन गर्दै गरेका उनीहरूलाई प्रहरीले सिंहदरबारमै घेराउ गरेर नियन्त्रणमा लिएको हो। राप्रपाका नेताहरूले यसअघि नै सामूहिक गिरफ्तारीको तयारी भएको बताएका थिए।
तीनकुने घटनाको न्यायिक छानबिन, पक्राउ परेका नेताहरूको रिहाइ लगायतका माग राख्दै उनीहरूले विरोध जनाएका हुन्।
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
April 20, 2025
Rating:


No comments