पोखरामा श्री गण्डकी कोटिहोम महायज्ञ जारी, भोलि देवी प्रतिभा जीको स्वागत र अनुराधा पाण्डेयको कथा प्रवचनको समापन


पोखरा महानगरपालिका–१७, बिरौटामा सञ्चालनमा रहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ विधिपूर्वक अगाडि बढिरहेको छ। मुख्य कोटिहोम महायज्ञ बैशाख १७ गतेदेखि सुरु हुने कार्यक्रम तय भइसकेको छ।



महायज्ञको पूर्वसन्ध्यामा हाल श्रीमद्भागवत कथा प्रवचन कार्यक्रम जारी छ, जसको सुरुवात चैत्र २९ गतेबाट भएको थियो। पछिल्ला ६ दिनदेखि बाल विदुषी अनुराधा पाण्डेयद्वारा संगीतसहितको कथा प्रवचन भैरहेको छ, जुन भोलि समापन हुँदैछ।

भोलिकै दिन, चर्चित कथा वाचिका देवी प्रतिभा जीको पोखरा आगमनको कार्यक्रम समेत तय गरिएको छ। संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजका अनुसार, देवी प्रतिभा जी हाल काठमाडौंमा हुनुहुन्छ र भोलि बिहान पोखरा आइपुग्ने कार्यक्रम तय भइसकेको छ। पोखरा आगमनपछि, उहाँलाई दिउँसो २ बजे बिरौटामा स्वागत गरिनेछ

भोलि बिहान १० बजे अनुराधा पाण्डेयले आफ्नो अन्तिम कथा प्रवचन गर्नेछिन्। त्यसपछि दिउँसो २ बजे देवी प्रतिभा जीको स्वागत कार्यक्रम हुनेछ।

आयोजक समितिले सम्पूर्ण पोखरावासीहरूलाई कार्यक्रममा उपस्थित भई देवी प्रतिभा जीलाई स्वागत गर्न र धार्मिक कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेको छ।

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post