संघीय मामिला मन्त्री राजकुमार गुप्ता अमेरिका प्रस्थान, आदिवासी जनजाती मुद्दा उठाउन यूएन फोरममा सहभागिता

 काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संयुक्त राष्ट्र संघको एक महत्वपूर्ण बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ।

मन्त्री गुप्ता न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा यही वैशाख ८ देखि १९ गतेसम्म (अप्रिल २१ देखि मे २) आयोजना हुने ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यू (UNPFII) मा सहभागी हुन अमेरिका जानुभएको हो। उहाँ वैशाख १९ गते स्वदेश फर्किने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ।


यो फोरम संयुक्त राष्ट्र संघको एक शक्तिशाली संयन्त्र हो, जसले विश्वभरका आदिवासी जनजाती समुदायका अधिकार र सरोकारमा केन्द्रित रही विभिन्न मुद्दामा समन्वय गर्दै आएको छ। साथै, यो निकाय संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) अन्तर्गत सल्लाहकारको भूमिका पनि निर्वाह गर्दै आएको छ।

चौबीसौँ सत्रमा आर्थिक तथा सामाजिक विकास, संस्कृति तथा वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य र मानवअधिकारसँग सम्बन्धित विविध विषयमा व्यापक छलफल हुने बताइएको छ। साथै, आदिवासी जनताको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र कार्यान्वयन सम्बन्धी सदस्य राष्ट्रहरूका राम्रो अभ्यासहरू र चुनौतीहरूको पहिचान तथा समाधानमा समेत यो फोरमले चासो राख्नेछ।

मन्त्री गुप्ताको सहभागिताले नेपालका आदिवासी जनजाती समुदायका मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post