संघीय मामिला मन्त्री राजकुमार गुप्ता अमेरिका प्रस्थान, आदिवासी जनजाती मुद्दा उठाउन यूएन फोरममा सहभागिता

 काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संयुक्त राष्ट्र संघको एक महत्वपूर्ण बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ।

मन्त्री गुप्ता न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा यही वैशाख ८ देखि १९ गतेसम्म (अप्रिल २१ देखि मे २) आयोजना हुने ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यू (UNPFII) मा सहभागी हुन अमेरिका जानुभएको हो। उहाँ वैशाख १९ गते स्वदेश फर्किने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ।


यो फोरम संयुक्त राष्ट्र संघको एक शक्तिशाली संयन्त्र हो, जसले विश्वभरका आदिवासी जनजाती समुदायका अधिकार र सरोकारमा केन्द्रित रही विभिन्न मुद्दामा समन्वय गर्दै आएको छ। साथै, यो निकाय संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) अन्तर्गत सल्लाहकारको भूमिका पनि निर्वाह गर्दै आएको छ।

चौबीसौँ सत्रमा आर्थिक तथा सामाजिक विकास, संस्कृति तथा वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य र मानवअधिकारसँग सम्बन्धित विविध विषयमा व्यापक छलफल हुने बताइएको छ। साथै, आदिवासी जनताको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र कार्यान्वयन सम्बन्धी सदस्य राष्ट्रहरूका राम्रो अभ्यासहरू र चुनौतीहरूको पहिचान तथा समाधानमा समेत यो फोरमले चासो राख्नेछ।

मन्त्री गुप्ताको सहभागिताले नेपालका आदिवासी जनजाती समुदायका मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post