गण्डकी प्रदेश सांसद गुरुङको भनाइ: कोटिहोम महायज्ञ दर्शन पूर्वजन्मको पुण्यको फल
पोखरा, १२ वैशाख २०८२ —
पोखरा–१७, बिरौटास्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा मानव सेवा फाउन्डेशन नेपालद्वारा आयोजित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ आगामी वैशाख १७ देखि जेठ १६ सम्म भव्य रूपमा सञ्चालन हुने भएको छ।
गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले महायज्ञको दर्शन पाउनु पूर्वजन्मको पुण्यको फल भएको उल्लेख गर्दै यो धार्मिक अनुष्ठान मानवता, सामाजिक एकता र आध्यात्मिक जागरणको महान अवसर भएको बताउनुभयो। उहाँले महायज्ञको सहभागिताले जीवनमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास व्यक्त गर्नुभयो।
४१ दिनसम्म निरन्तर हवन चल्ने यस महायज्ञमा भक्तजनलाई घ्यू, तील, देवदार, श्रीखण्ड लगायत सामग्रीसहित सहभागी हुन आह्वान गरिएको छ। भूमिपूजन र यज्ञकुण्ड निर्माण वैशाख ३ गते सम्पन्न भइसकेको छ भने अनुराधा पाण्डेय, देवी प्रतिभाजी, दीनबन्धु पोखरेल लगायतका धर्मगुरुहरूले प्रवचन सुरु गरिसकेका छन्।
महायज्ञ अवधिभर भजन, आरती, सत्सङ्ग, पूजापाठ र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। साथै, सामाजिक सञ्जाल भिडियो, भजन तथा वक्तृत्वकला प्रतियोगितामार्फत सांस्कृतिक सहभागिता र रचनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गरिनेछ। आयोजकले देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता हुने अपेक्षा राखेको छ।
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
April 25, 2025
Rating:


No comments