गण्डकी कोटिहोम महायज्ञ समितिबाट पहलगाम हमलामा मारिएकाहरूलाई श्रद्धाञ्जली, आज साँझ दीप प्रज्ज्वलन

 कास्की, ११ वैशाख २०८२ — भारतको जम्मू-कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा ज्यान गुमाउनेहरूप्रति गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ आयोजक समितिले गहिरो शोक व्यक्त गरेको छ। समितिले हमलालाई धर्म, संस्कृति र मानवता माथिको प्रहार भन्दै कडा निन्दा गरेको छ।



बैसारन घाटीमा मंगलबार भएको आक्रमणमा २७ जनाभन्दा बढीको ज्यान गएको थियो, जसमा नेपालका सुदीप न्यौपानेसहित पर्यटकहरू पनि थिए। मृतकको आत्माको शान्तिको कामना गर्दै समितिले श्रद्धाञ्जली अर्पण गरेको छ।

यस घटनाको स्मरणमा आज साँझ विशेष दीप प्रज्ज्वलन कार्यक्रम आयोजना हुँदैछ। आयोजक समितिका अनुसार, कार्यक्रम शोक, श्रद्धा र शान्तिको सन्देश बोकेर विश्वमा सद्भाव फैलाउने उद्देश्यले आयोजना गरिएको हो।

समितिका संयोजकले भने, “यो हमला केवल निर्दोष मानिसहरूमाथिको होइन, हाम्रो साझा संस्कृति र आस्था माथिको आक्रमण हो। हामी सबै मिलेर यस्ता अमानवीय क्रियाकलापको विरोध गर्नुपर्छ।”

कार्यक्रममा सबै धर्म, समुदाय र क्षेत्रका प्रतिनिधिलाई सहभागी भई एकता र शान्तिको आवाज बुलन्द पार्न आह्वान गरिएको छ।

गण्डकी कोटिहोम महायज्ञ समितिबाट पहलगाम हमलामा मारिएकाहरूलाई श्रद्धाञ्जली, आज साँझ दीप प्रज्ज्वलन गण्डकी कोटिहोम महायज्ञ समितिबाट पहलगाम हमलामा मारिएकाहरूलाई श्रद्धाञ्जली, आज साँझ दीप प्रज्ज्वलन Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on April 24, 2025 Rating: 5

No comments

Videos