"गण्डकी कोटिहोम महायज्ञ सही स्थानमा, सबै मिलेर सफल बनाऔं" — वडा अध्यक्ष दिवशमान प्रधानाङ्गा

 पोखरा–१७, बिरौटा – भक्तिभाव, श्रद्धा र आध्यात्मिक ऊर्जा सँगै श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचन कार्यक्रम दिन–प्रतिदिन झन् भव्य बन्दै गएको छ। स्थानीय भक्तजन, साधुसन्त, प्रतिष्ठित व्यक्तित्वदेखि राजनैतिक अगुवासम्मको उपस्थितिले कार्यक्रमको महत्त्व थप उजागर भइरहेको छ।



शनिबारको विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. २ का अध्यक्ष दिवशमान प्रधानाङ्गा सहभागी भए। देवी प्रतिभा जीले कथा आरम्भ गरेको दिनको पहिलो प्रवचन सुनेपछि अध्यक्ष प्रधानाङ्गाले कोटिहोम महायज्ञलाई उपयुक्त स्थानमा भएको बताउँदै सबैले मिलेर यसलाई सफल पार्नुपर्नेमा जोड दिए।



"श्री गण्डकी कोटिहोम महायज्ञ पोखराको सुन्दरता, जनसंख्या र धार्मिक चेतनाका हिसाबले अत्यन्तै उपयुक्त स्थानमा भइरहेको छ," अध्यक्ष प्रधानाङ्गाले भने, "यसलाई सफल पार्नु हाम्रो साझा कर्तव्य हो, विशेष गरेर पोखराबासी हामी सबैको उत्तरदायित्व पनि हो।"



उनले पोखरालाई विश्वभर चिनाउनपर्यटन वर्षलाई सफल बनाउन यस्ता धार्मिक अनुष्ठानहरूको ठूलो भूमिका हुने उल्लेख गरे। शनिबारको प्रवचनमा देवी प्रतिभा जीसँगै आचार्य शितल कृष्ण महाराज पनि कथा वाचनमा सहभागी हुनु भयो, जसले कार्यक्रमलाई अझ दिव्य बनायो।



Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post