तीनकुने घटना : दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चको अन्तरिम आदेश, सरकारलाई कडा झट्का

 काठमाडौं — चर्चित व्यवसायी दुर्गा प्रसाईंको पक्षमा सर्वोच्च अदालतले एक महत्वपूर्ण फैसला सुनाएको छ। उनी सञ्चालक रहेका दुई अस्पताल — वि एन्ड सी मेडिकल कलेजपूर्वाञ्चल क्यान्सर अस्पतालका रोक्का गरिएका बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गर्दै अदालतले सरकारलाई कडा सन्देश दिएको छ।



न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यो आदेश दिएको हो। गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा हिंसात्मक गतिविधि देखिएपछि फरार रहेका प्रसाईंको व्यक्तिगत खाता सहित दुबै अस्पतालका खाताहरू प्रहरी प्रशासनले रोक्का गरेको थियो।

खाता रोक्का गरिएको निर्णयविरुद्ध डा. अञ्जली कार्कीले दुबै अस्पतालको तर्फबाट छुट्टाछुट्टै रिट दायर गरेकी थिइन्। सो रिटमा नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (CIB) सहित १८ र १४ जनालाई विपक्षी बनाइएको थियो।

सर्वोच्च अदालतले फुकुवा गर्न आदेश दिनुका साथै सम्बन्धित पक्षहरूलाई ‘कारण देखाउ आदेश’ पनि जारी गरेको छ, जसले आगामी दिनमा कानुनी बहसलाई थप चासोको विषय बनाउने देखिन्छ।

Comments

Popular posts from this blog

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने :प्रदीप पौडेल

नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह

प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन