गण्डकी कोटिहोममा २१ फिटे रुद्राक्ष शिवलिङ्ग र हवनकुण्ड निर्माण, विशेष कार्यक्रममा रेनु दहालको सहभागिता

 पोखरा, १५ वैशाख २०८२

पोखरा–१७, गण्डकी कोटिहोममा आज वैशाख १५ गते भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहालको उपस्थितिमा विशेष कार्यक्रम आयोजना हुँदैछ। उनको सहभागिताले कार्यक्रमको गौरव थप बढाउने विश्वास गरिएको छ।



४१ दिनसम्म सञ्चालन हुने श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ अन्तर्गत यहाँ २१ फिट लामो रुद्राक्षले सजिएको शिवलिङ्ग र भव्य हवनकुण्ड निर्माण गरिएको छ। वैशाख ३ गते भूमिपूजनसँगै यज्ञकुण्ड निर्माण कार्य सम्पन्न भइसकेको थियो।


महायज्ञमा भक्तजनहरूलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्ड लगायतका सामग्रीसहित सहभागी हुन आग्रह गरिएको छ। सुश्री अनुराधा पाण्डेय र अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले कथा प्रवचन आरम्भ गरिसकेका छन् भने दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज र सुप्रिया किशोरीजस्ता धर्मगुरुहरूले पनि सहभागिता जनाउनेछन्।


यज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती तथा सांस्कृतिक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन हुनेछन्। साथै, सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता आयोजना गरी सांस्कृतिक अभिव्यक्ति र सहभागितालाई प्रोत्साहन गरिनेछ। आयोजकले देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता अपेक्षा गरेको छ।


दैनिक कथा वाचन र सामाजिक कार्यमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउँदै आएकी देवी प्रतिभाको सक्रियता र प्रमुख दहालको सहभागिताले गण्डकी कोटिहोमको अभियानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post