आमा औसीको अवसरमा बुद्धाश्रममा देवी प्रतिभाद्वारा खाद्यान्न वितरण

 पोखरा, १४ वैशाख २०८२

गण्डकी कोटिहोममा दैनिक कथा वाचन गर्दै आउनुभएकी अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले आमा औसीको अवसरमा पोखरा–१७, महतगौडास्थित बुद्धाश्रमको अवलोकन गर्नुभएको छ। उहाँले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई खाद्यान्न तथा अन्य आवश्यक सामग्री वितरण गर्नुका साथै उनीहरूको स्वास्थ्य र जीवनस्तरबारे जानकारी लिनुभएको थियो।


समाजमा कथा वाचनमार्फत सकारात्मक सन्देश फैलाउँदै आउनुभएकी प्रतिभाले ज्येष्ठ नागरिकप्रति सम्मान र हेरचाहको महत्त्वलाई जोड दिँदै यस्ता सामाजिक सेवाहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

आश्रम सञ्चालकहरूले उहाँको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यहरूले ज्येष्ठ नागरिकहरूमा आत्मबल र भावनात्मक सम्बल प्रदान गर्ने बताए। स्थानीय समुदायले पनि देवी प्रतिभाको यो पहललाई खुलेर स्वागत गरेको छ।



गण्डकी कोटिहोममा कथा वाचनमार्फत सामाजिक जागरण र सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याइरहनुभएकी देवी प्रतिभाको यस सामाजिक सेवाले समाजमा थप सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।



आमा औसीको अवसरमा बुद्धाश्रममा देवी प्रतिभाद्वारा खाद्यान्न वितरण आमा औसीको अवसरमा बुद्धाश्रममा देवी प्रतिभाद्वारा खाद्यान्न वितरण Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on April 27, 2025 Rating: 5

No comments

Videos