आमा औसीको अवसरमा बुद्धाश्रममा देवी प्रतिभाद्वारा खाद्यान्न वितरण

 पोखरा, १४ वैशाख २०८२

गण्डकी कोटिहोममा दैनिक कथा वाचन गर्दै आउनुभएकी अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले आमा औसीको अवसरमा पोखरा–१७, महतगौडास्थित बुद्धाश्रमको अवलोकन गर्नुभएको छ। उहाँले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई खाद्यान्न तथा अन्य आवश्यक सामग्री वितरण गर्नुका साथै उनीहरूको स्वास्थ्य र जीवनस्तरबारे जानकारी लिनुभएको थियो।


समाजमा कथा वाचनमार्फत सकारात्मक सन्देश फैलाउँदै आउनुभएकी प्रतिभाले ज्येष्ठ नागरिकप्रति सम्मान र हेरचाहको महत्त्वलाई जोड दिँदै यस्ता सामाजिक सेवाहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

आश्रम सञ्चालकहरूले उहाँको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यहरूले ज्येष्ठ नागरिकहरूमा आत्मबल र भावनात्मक सम्बल प्रदान गर्ने बताए। स्थानीय समुदायले पनि देवी प्रतिभाको यो पहललाई खुलेर स्वागत गरेको छ।



गण्डकी कोटिहोममा कथा वाचनमार्फत सामाजिक जागरण र सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याइरहनुभएकी देवी प्रतिभाको यस सामाजिक सेवाले समाजमा थप सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।



Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post