श्री गण्डकी कोटिहोम महायज्ञमा प्रसिद्ध कथावाचक शितल कृष्ण महाराज र सुप्रिया किशोरीको आगमन

 पोखरा, बिरौटा – ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ एकपटक पुनः भक्तिभाव, श्रद्धा र आध्यात्मिक उर्जाले उज्यालिएको छ। पोखरा महानगरपालिका–१७, बिरौटामा सञ्चालित यस महायज्ञमा नेपालका दुई चर्चित आध्यात्मिक व्यक्तित्व, आचार्य शितल कृष्ण महाराजसुप्रिया किशोरी जी को विशेष आगमन भएको छ।



भक्तिभावले ओतप्रोत कथावाचनमा विशेष स्थान बनाएका शितल कृष्ण महाराजले बैशाख ४, ५ र ६ गते विविध आध्यात्मिक विषयमा प्रवचन दिने कार्यक्रम रहेको छ। उता, प्रेरणादायी प्रवचनका लागि चर्चित सुप्रिया किशोरी जीले पनि महायज्ञमा भोलिदेखि दैनिक प्रवचन प्रारम्भ गर्नेछिन्।

महायज्ञको औपचारिक शुभारम्भ बैशाख १७ गते हुने भए तापनि, यसअघि नै वातावरण भक्तिमय बन्न थालेको छ। गत चैत्र २९ गतेदेखि वाल बिदुषी अनुराधा पाण्डेय ज्यूले श्रीमद्भागवत कथा वाचन सुरु गर्नुभएको छ। भोलि उहाँको बिदाई कार्यक्रम समेत आयोजना गरिएको छ। त्यसै दिन लोकप्रिय कथा वाचिका देवी प्रतिभा जीको आगमन पनि हुने जानकारी आयोजकले दिएको छ।

कार्यक्रममा दिनप्रतिदिन भक्तजनहरुको उत्साहजनक उपस्थिती देखिँदै गएको छ। देश–विदेशका सन्त, महन्त, जनप्रतिनिधि र समाजका प्रतिष्ठित व्यक्तित्वहरुको पनि उल्लेखनीय उपस्थिति रहेको यस आध्यात्मिक उत्सवलाई अझ भव्य बनाइरहेको छ।

Comments

Popular posts from this blog

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने :प्रदीप पौडेल

नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह

प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन