श्री गण्डकी कोटिहोम महायज्ञमा प्रसिद्ध कथावाचक शितल कृष्ण महाराज र सुप्रिया किशोरीको आगमन

 पोखरा, बिरौटा – ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ एकपटक पुनः भक्तिभाव, श्रद्धा र आध्यात्मिक उर्जाले उज्यालिएको छ। पोखरा महानगरपालिका–१७, बिरौटामा सञ्चालित यस महायज्ञमा नेपालका दुई चर्चित आध्यात्मिक व्यक्तित्व, आचार्य शितल कृष्ण महाराजसुप्रिया किशोरी जी को विशेष आगमन भएको छ।



भक्तिभावले ओतप्रोत कथावाचनमा विशेष स्थान बनाएका शितल कृष्ण महाराजले बैशाख ४, ५ र ६ गते विविध आध्यात्मिक विषयमा प्रवचन दिने कार्यक्रम रहेको छ। उता, प्रेरणादायी प्रवचनका लागि चर्चित सुप्रिया किशोरी जीले पनि महायज्ञमा भोलिदेखि दैनिक प्रवचन प्रारम्भ गर्नेछिन्।

महायज्ञको औपचारिक शुभारम्भ बैशाख १७ गते हुने भए तापनि, यसअघि नै वातावरण भक्तिमय बन्न थालेको छ। गत चैत्र २९ गतेदेखि वाल बिदुषी अनुराधा पाण्डेय ज्यूले श्रीमद्भागवत कथा वाचन सुरु गर्नुभएको छ। भोलि उहाँको बिदाई कार्यक्रम समेत आयोजना गरिएको छ। त्यसै दिन लोकप्रिय कथा वाचिका देवी प्रतिभा जीको आगमन पनि हुने जानकारी आयोजकले दिएको छ।

कार्यक्रममा दिनप्रतिदिन भक्तजनहरुको उत्साहजनक उपस्थिती देखिँदै गएको छ। देश–विदेशका सन्त, महन्त, जनप्रतिनिधि र समाजका प्रतिष्ठित व्यक्तित्वहरुको पनि उल्लेखनीय उपस्थिति रहेको यस आध्यात्मिक उत्सवलाई अझ भव्य बनाइरहेको छ।

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post