गण्डकी कोटिहोमले धार्मिक इतिहास रच्नेछ” — माननीय बिन्दु पौडेल
पोखरा–१७ बिरौटामा भव्य रुपमा सञ्चालन भइरहेको श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ नेपालकै धार्मिक इतिहासमा नयाँ अध्याय रच्ने सुनिश्चित रहेको गण्डकी प्रदेशकी माननीय बिन्दु पौडेलले बताएकी छन्।
सोमबार महायज्ञको प्रमुख अतिथि रूपमा उपस्थित रहँदै उनले भनिन्, “धेरै समयपछि देशमा यति व्यवस्थित र गौरवपूर्ण धार्मिक कार्यक्रम सञ्चालन भएको देख्दा अत्यन्तै गर्व लाग्यो।” उनले कोटिहोम महायज्ञले न केवल नेपालको धार्मिक क्षितिजमा इतिहास रच्नेछ, बल्कि पोखराको गरिमालाई पनि अन्तर्राष्ट्रिय स्तरमा चम्काउने विश्वास व्यक्त गरिन्।
“नेपालमा कसैले कल्पना नगरेको यो विराट् कोटिहोम महायज्ञ पोखरामा हुँदैछ – यो हाम्रो लागि गौरवको क्षण हो,” भन्दै उनले सम्पूर्ण नेपालीहरूलाई महायज्ञ सफल बनाउन एकताबद्ध भएर साथ दिन आग्रह गरिन्।
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
April 21, 2025
Rating:


No comments