मेनुका राईको ‘हेलो हाई नमस्कार’

 काठमाडौं । मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।


ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । गीतमा सोनम तामाङ र संजना गुरुङको फिचरिङ रहेको छ ।

मेनुका राईको ‘हेलो हाई नमस्कार’ मेनुका राईको ‘हेलो हाई नमस्कार’ Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on April 09, 2025 Rating: 5

No comments

Videos