कोटिहोम महायज्ञको सन्देश लिएर पोखरामा साइकल र्याली

 पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचारप्रसार तथा धार्मिक–सामाजिक सद्भाव फैलाउने उद्देश्यले मानवसेवा फाउण्डेशनले यही बैशाख ११ गते बिहान ७ बजे विशेष साइकल र्याली आयोजना गर्ने भएको छ।


कोटीहोम स्थल, बिरौटाबाट सुरु हुने साइकल र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्दवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट, पार्दी हुँदै पुन: बिरौटास्थित कोटीहोम स्थलमै समापन हुनेछ।



स्वास्थ्य, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनको सन्देश बोकेको यो र्यालीले इन्धनको बचत, नागरिक स्वास्थ्यमा सुधार र आगामी पोखरा भ्रमण वर्ष २०२५ लाई टेवा पुर्‍याउने महायज्ञका संकल्पकर्ता विजयकृष्ण मूर्ति महाराजले जानकारी दिनुभयो। उहाँले सम्पूर्ण पोखरेलीलाई यो पवित्र र्यालीमा सहभागिता जनाउन हार्दिक निमन्त्रणासमेत गर्नुभएको छ।


मानवसेवा फाउण्डेशनले क्रमशः:

  • बैशाख १२ गते मोटरसाइकल र्याली

  • बैशाख १३ गते ट्याक्सी र्याली

  • बैशाख १४ गते फेवाताल डुङ्गा र्याली

  • बैशाख १६ गते बृहत् कशल यात्रा
    पनि गर्ने कार्यक्रम रहेको जनाएको छ।




Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post