सुगम पोखरेलको नयाँ प्रेम गीत ‘अँध्यारो रातमा’ सार्वजनिक

 

लामो समयपछि सुगमको भावनात्मक स्वर फेरि प्रतिध्वनित — भिडियोमा श्रृष्टि खड्का र मान्शी शर्माको अभिनय

काठमाडौं। लामो समयपछि लोकप्रिय गायक सुगम पोखरेलले आफ्नो नयाँ प्रेम गीत ‘अँध्यारो रातमा’ सार्वजनिक गरेका छन्। गीतले सुगमको पुरानो मधुर स्वरलाई आधुनिक स्पर्शसहित पुनः श्रोता र दर्शक सामु ल्याएको छ।

गायक सुगम पोखरेलको नयाँ गीत ‘अँध्यारो रातमा’ — भिडियोमा श्रृष्टि खड्का र मान्शी शर्माको उत्कृष्ट अभिनय।


गीतका शब्द, संगीत र र्‍याप अनुप महर्जनले तयार पारेका हुन्। एरेञ्ज र गिटार सुरज माली, र मिक्स/मास्टरिङ साजन शाहको रहेको छ। आधुनिक ध्वनि र भावनात्मक स्वरसमेतले गीतलाई उत्कृष्ट बनाएको छ।

संगीत भिडियोमा श्रृष्टि खड्का र मान्शी शर्माको अभिनय देख्न सकिन्छ। उनीहरूले प्रस्तुत गरेको प्रेमको भाव र सुगमको स्वरबीचको तालमेलले भिडियोलाई अझै आकर्षक बनाएको छ।


अकाल आवाजमा सजिएका सुगम पोखरेलका प्रायः गीतहरू लोकप्रिय हुने गरेका छन्, र ‘अँध्यारो रातमा’ पनि त्यसैको निरन्तरता हो।
YouTube मा दर्शक र श्रोतालाई हेर्दा सबैले यस गीत र भिडियोको प्रशंसा गरेका छन्। धेरै कमेन्टहरूमा सुगमको आवाज, भिडियोको प्रस्तुति, र र्‍यापमा प्रयोग भएका शब्दहरू पनि अत्यन्त सभ्य र अर्थपूर्ण भएको उल्लेख गरिएको छ।


त्यस्तै, TikTok मा पनि यस गीतका छोटा क्लिपहरू तीव्र रूपमा फैलिँदै छन्, जसले यसको लोकप्रियता अझ बढाइरहेको छ।



छिट्टै यो गीत पनि दर्शक र श्रोता माझ अत्यन्त लोकप्रिय हुनेमा कुनै शंका छैन।

Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post