सुगम पोखरेलको नयाँ प्रेम गीत ‘अँध्यारो रातमा’ सार्वजनिक

 

लामो समयपछि सुगमको भावनात्मक स्वर फेरि प्रतिध्वनित — भिडियोमा श्रृष्टि खड्का र मान्शी शर्माको अभिनय

काठमाडौं। लामो समयपछि लोकप्रिय गायक सुगम पोखरेलले आफ्नो नयाँ प्रेम गीत ‘अँध्यारो रातमा’ सार्वजनिक गरेका छन्। गीतले सुगमको पुरानो मधुर स्वरलाई आधुनिक स्पर्शसहित पुनः श्रोता र दर्शक सामु ल्याएको छ।

गायक सुगम पोखरेलको नयाँ गीत ‘अँध्यारो रातमा’ — भिडियोमा श्रृष्टि खड्का र मान्शी शर्माको उत्कृष्ट अभिनय।


गीतका शब्द, संगीत र र्‍याप अनुप महर्जनले तयार पारेका हुन्। एरेञ्ज र गिटार सुरज माली, र मिक्स/मास्टरिङ साजन शाहको रहेको छ। आधुनिक ध्वनि र भावनात्मक स्वरसमेतले गीतलाई उत्कृष्ट बनाएको छ।

संगीत भिडियोमा श्रृष्टि खड्का र मान्शी शर्माको अभिनय देख्न सकिन्छ। उनीहरूले प्रस्तुत गरेको प्रेमको भाव र सुगमको स्वरबीचको तालमेलले भिडियोलाई अझै आकर्षक बनाएको छ।


अकाल आवाजमा सजिएका सुगम पोखरेलका प्रायः गीतहरू लोकप्रिय हुने गरेका छन्, र ‘अँध्यारो रातमा’ पनि त्यसैको निरन्तरता हो।
YouTube मा दर्शक र श्रोतालाई हेर्दा सबैले यस गीत र भिडियोको प्रशंसा गरेका छन्। धेरै कमेन्टहरूमा सुगमको आवाज, भिडियोको प्रस्तुति, र र्‍यापमा प्रयोग भएका शब्दहरू पनि अत्यन्त सभ्य र अर्थपूर्ण भएको उल्लेख गरिएको छ।


त्यस्तै, TikTok मा पनि यस गीतका छोटा क्लिपहरू तीव्र रूपमा फैलिँदै छन्, जसले यसको लोकप्रियता अझ बढाइरहेको छ।



छिट्टै यो गीत पनि दर्शक र श्रोता माझ अत्यन्त लोकप्रिय हुनेमा कुनै शंका छैन।

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post