पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको उपस्थितिमा भव्य महायज्ञ

 कास्की — पोखरामा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज पुनः प्रसिद्ध कथा वाचिका देवी प्रतिभा २५ सदस्यीय टोलीसहित सहभागी भएकी छन्। उनले जेठ १६ गतेसम्म दिव्य प्रवचन गर्ने कार्यक्रम रहेको संयोजकले जनाएका छन्।



यसअघि वैशाख ५ गते पोखरा आइपुगी १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी देवी प्रतिभाको “प्यार से बोलो न” भन्ने वाक्य अहिले लाखौं भक्तजनको प्रेरणाको स्रोत बनेको छ। अघिल्लो कार्यक्रममा करिब २ लाख भक्तजनको सहभागिता थियो, जहाँ भीडले खुट्टा टेक्ने ठाउँसम्म थिएन।

देवी प्रतिभाको पुनः आगमनसँगै युवा दार्शनिक चैतन्यकृष्ण महाराजलाई सम्मानपूर्वक विदाइ गरिएको छ। अब जेठ १४–२२ सम्म भागवत मञ्जरी राधिका दासीले प्रवचन गर्ने कार्यक्रम तय भएको छ।

एकादशी परेको शुक्रबार मात्रै एक लाखभन्दा बढी भक्तजन सहभागी भएका थिए। वैदिक विधिमा आधारित पूजा, हवन र आध्यात्मिक प्रवचनहरू भव्य रूपमा सम्पन्न भएका छन्। स्वामी पुरुषोत्तमजी महाराजगलेश्वर आश्रमका शिव आचार्य गुरुलगायत व्यक्तित्वहरूले भक्तिभावयुक्त भजन र कथा वाचन गरेका थिए।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्रीकृष्णमूर्ति जी महाराजका अनुसार यस विराट आयोजनामा बिष्णु जैसीले ३ रोपनी ३ पैसा, र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन्। स्व. सूर्य ब. केसीको नाममा उनकी धर्मपत्नी प्रेम कुमारी केसीले आजीवन सदस्यता कायम गर्दै २ लाख रुपैयाँ दान गरेकी छन्। भविष्यमै १०० रोपनी जग्गा उपलब्ध गराउने योजना रहेको पनि जानकारी दिइएको छ।

रक्तदानमा हालसम्म ६०० युनिट भन्दा बढी रक्त संकलन भइसकेको छ। साथै, राष्ट्रिय भजन प्रतियोगितामा २०० भन्दा बढी समूहले सहभागिता जनाइसकेका छन्।

समाजसेवी सागर ढकालले संस्कारलाई वैज्ञानिक ढंगले बुझ्नुपर्ने आवश्यकता औंल्याउँदै दैनिक जीवनमा संस्कारको उपयोगमा जोड दिएका थिए। वक्ता रमेश प्रसाईले यज्ञमा उपस्थित हुनु हाम्रो सभ्यताको उचाइ चुम्नु हो भनेका छन्। उनले "हे नारद जी" कविता प्रस्तुत गरेर सबैको मन जिते।

जेठ २६ गतेसम्म सञ्चालन हुने यस कोटिहोम अन्तर्गत ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा वक्तृत्व प्रतियोगिता पनि आयोजना गरिएको छ। ४ सयभन्दा बढी ब्राह्मणद्वारा दैनिक हवन सञ्चालन हुँदै आएको छ जसले वातावरण शुद्धीकरण र आध्यात्मिक ऊर्जा प्रवाह गरिरहेको संयोजक ढकालले बताए।



कार्यक्रममा तुलादान, ग्रहशान्ति, पितृ पुराण, विवाह, हनुमान चालीसा, रुद्राभिषेक, भूमिदान, गोदान लगायत विविध वैदिक कर्मकाण्डहरू, साथै १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायण चलिरहेको छ। विवाह इच्छुकहरूका लागि शुभ विवाहको अवसर समेत प्रदान गरिएको छ।

दक्षिण एशियाको पहिलो पर्यटकीय गाउँ दरौँ–सिरुवारीबाट थाली नृत्यसहितको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। ललितपुर र भक्तपुरका सामाजिक अभियानहरूलाई सहयोग गर्न यो महायज्ञ आयोजना गरिएको हो।


यो ऐतिहासिक महायज्ञमा सहभागिता जनाएर आध्यात्मिक, सामाजिक र सांस्कृतिक पुण्य लाभ लिन सकिने आयोजकले जनाएका छन्।

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post