गण्डकी कोटिहोम महायज्ञको भव्य उद्घाटन, स्वामी कैलाशानन्दको उपस्थितिले कार्यक्रम गौरवमय

 पोखरा, १७ वैशाख — पोखरा महानगरपालिका–१७, बिरौटास्थित हरिहर मन्दिर परिसर र केही स्थानीयको सहयोगमा सुरु भएको गण्डकी कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ आजदेखि भव्य रूपमा सुरु भएको छ। प्रारम्भिक दिनमै महायज्ञमा उल्लेख्य सहभागिता देखिएको छ, जहाँ माननीय, पत्रकार, धार्मिक संघसंस्थाका प्रतिनिधि तथा श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको थियो।


महायज्ञको विधिवत् उद्घाटन भारतका सुप्रसिद्ध स्वामी कैलाशानन्दजी द्वारा सम्पन्न भयो। उद्घाटन समारोहपछि उनले कृष्णलीलाको आध्यात्मिक कथा वाचन गरेर भक्तजनलाई मन्त्रमुग्ध तुल्याएका थिए। संकल्पकर्ता विजयमुक्ति महाराजका अनुसार स्वामीजीको आगमनले महायज्ञको गरिमा झनै बढाएको छ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोर बराल, पत्रकार सन्तोष देउजा लगायत विशिष्ट व्यक्तित्वहरूले मन्तव्य राखेका थिए। आयोजकका अनुसार पहिलो दिनमै भक्तजनको उत्साहजनक सहभागिता देखिएको छ र आगामी दिनहरूमा झनै बढ्ने विश्वास लिइएको छ।


यस दिन कथा वाचिका देवी प्रतिभाले आफ्नो अन्तिम कथा प्रस्तुत गरिन् भने यसअघि सुश्री अनुराधा पाण्डेले कथा वाचन सम्पन्न गरिसकेकी छिन्। अब आगामी दिनहरूमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतका ख्यातिप्राप्त धर्मगुरुहरूको कथा वाचन जारी रहनेछ।

महायज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरतीसांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। साथै, सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगितावक्तृत्वकला प्रतियोगितामार्फत धार्मिक एवं सांस्कृतिक अभिव्यक्तिलाई प्रोत्साहन गरिनेछ।


आयोजकका अनुसार देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता अपेक्षित गरिएको छ।



Smart Nepal TV

Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.

Post a Comment

Previous Post Next Post