गण्डकी कोटिहोम महायज्ञको भव्य उद्घाटन, स्वामी कैलाशानन्दको उपस्थितिले कार्यक्रम गौरवमय

 पोखरा, १७ वैशाख — पोखरा महानगरपालिका–१७, बिरौटास्थित हरिहर मन्दिर परिसर र केही स्थानीयको सहयोगमा सुरु भएको गण्डकी कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ आजदेखि भव्य रूपमा सुरु भएको छ। प्रारम्भिक दिनमै महायज्ञमा उल्लेख्य सहभागिता देखिएको छ, जहाँ माननीय, पत्रकार, धार्मिक संघसंस्थाका प्रतिनिधि तथा श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको थियो।


महायज्ञको विधिवत् उद्घाटन भारतका सुप्रसिद्ध स्वामी कैलाशानन्दजी द्वारा सम्पन्न भयो। उद्घाटन समारोहपछि उनले कृष्णलीलाको आध्यात्मिक कथा वाचन गरेर भक्तजनलाई मन्त्रमुग्ध तुल्याएका थिए। संकल्पकर्ता विजयमुक्ति महाराजका अनुसार स्वामीजीको आगमनले महायज्ञको गरिमा झनै बढाएको छ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोर बराल, पत्रकार सन्तोष देउजा लगायत विशिष्ट व्यक्तित्वहरूले मन्तव्य राखेका थिए। आयोजकका अनुसार पहिलो दिनमै भक्तजनको उत्साहजनक सहभागिता देखिएको छ र आगामी दिनहरूमा झनै बढ्ने विश्वास लिइएको छ।


यस दिन कथा वाचिका देवी प्रतिभाले आफ्नो अन्तिम कथा प्रस्तुत गरिन् भने यसअघि सुश्री अनुराधा पाण्डेले कथा वाचन सम्पन्न गरिसकेकी छिन्। अब आगामी दिनहरूमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतका ख्यातिप्राप्त धर्मगुरुहरूको कथा वाचन जारी रहनेछ।

महायज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरतीसांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। साथै, सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगितावक्तृत्वकला प्रतियोगितामार्फत धार्मिक एवं सांस्कृतिक अभिव्यक्तिलाई प्रोत्साहन गरिनेछ।


आयोजकका अनुसार देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता अपेक्षित गरिएको छ।



Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post