क्षेत्री समाज नेपालद्वारा प्रजातन्त्र दिवसको अवसरमा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

 यही फागुन ७ गते, क्षेत्री समाज नेपाल तथा संयुक्त खस क्षेत्रीहरूको साझा संस्थाको आयोजनामा प्रजातन्त्र दिवस २०८१ को अवसरमा केन्द्रीय सदस्य, पदाधिकारी तथा अग्रज क्षेत्रीहरूलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।


कार्यक्रम स्टार बैंकेट, पेप्सीकोला, काठमाडौं मा आयोजना गरिएको थियो। उपस्थित वक्ताहरूले "राष्ट्रिय अखण्डता र जातीय सद्भाव, क्षेत्री एकता आजको आवश्यकता" भन्ने नारालाई आत्मसात गर्दै एकताको महत्व विशेष रूपमा उल्लेख गरे।


बागमती प्रदेशका संयोजक समेत रहेका स्याम कार्कीको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो। समाजसेवी कार्की कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन्। कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष रित बहादुर थापा रहेका थिए। उनले १ करोडभन्दा बढी क्षेत्रीहरूको हकहित का लागि निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै, समुदायको उज्जवल भविष्यको परिकल्पना प्रस्तुत गरे।


कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लेख बहादुर कार्की तथा सञ्चालक रामेश्वर थापा रहेका थिए। देशभरिबाट आएका क्षेत्री समुदायका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित थिए।


समारोहमा क्षेत्री समुदायको योगदान, समाजको वर्तमान अवस्था, र भावी योजनाहरू विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरू को समेत उपस्थिति रहेको थियो।


क्षेत्री समाज नेपालले समुदायको हकहित संरक्षण गर्दै यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको छ। क्षेत्रीहरूले नेपालको लामो इतिहासमा पुर्‍याएको योगदान, समर्पण र बलिदान स्वर्ण अक्षरमा लेखिएको छ। संगठनले सुसंस्कृत, सुव्यवस्थित, एवं सम्पन्न समाजको निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।


Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post