मुस्ताङमा पुँजीगत खर्च निराशाजनक,पाँच करोड ६० लाख राजस्व सङ्कलन

 मुस्ताङ, १६, फागुनः यहाँ सञ्चालित प्रादेशिक कार्यालयहरूको चालु आर्थिक वर्षको प्रथम छ महिनाको पुँजीगत खर्च निराशाजनक देखिएको छ भने सङ्घीय कार्यालयको खर्च भने सन्तोषजनक पाइएको छ ।


जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवका निम्ति विनियोजित बजेटको अनुपातमा यहाँका प्रादेशिक कार्यालयको खर्च निराशाजनक र सङ्घीय कार्यालयतर्फको सन्तोषजक पाइएको हो ।

सङ्घीयतर्फ साविकका कार्यालय जनशक्ति यथावत परिचालित भएकाले बजेट खर्च सन्तोजन रहे पनि प्रादेशिकतर्फ नयाँ कार्यालय थपिएका, जनशक्ति अभाव र प्रदेश सरकारको अस्थिरतालगायत कारणले प्रादेशिक खर्च अपेक्षाअनुरुप हुन नसकेको कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले बताउनुभयो ।

चालु आवका लागि सङ्घीय तथा प्रादेशिक कार्यालय र स्थानीय तहका लागि कुल रु तीन अर्ब ७९ करोड ८६ लाख ९० हजार बजेट विनियोजन भएकामा रु एक अर्ब ६६ करोड बजेट खर्च भएको उहाँले जानकारी दिनुभयो ।

उक्त कार्यालयका अनुसार चालु वर्षका लागि मुस्ताङका पाँच स्थानीय तहलाई रु ९७ करोड ३८ लाख २७ हजार वित्तीय हस्तान्तरण बजेट विनियोजन भएकामा साउनदेखि पुस महिनासम्म ४६ करोड ६५ लाख वित्तीय हस्तान्तरण भइसकेको छ । सङ्घीय कार्यालय र सङ्घीय अनुदान वित्तीय हस्तान्तरणतर्फ रु दुई अर्ब ९२ करोड ३९ लाख बजेट विनियोजन भएकामा समीक्षा अविधिमा रु एक अर्ब ४१ करोड ६१ लाख खर्च भएको छ ।

पाँच करोड ६० लाख राजस्व सङ्कलन

चालु आर्थिक वर्षको छ महिनामा रु पाँच करोड ६० लाख ३४ हजार राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । सङ्घीयतर्फ रु चार करोड २८ लाख ७४ हजार तथा प्रदेशतर्फ रु एक करोड ३१ लाख ५९ हजार सङ्कलन भएको हो । उक्त रकम सङ्घीयतर्फका १४ र प्रदेशका नौ वटा वटा कार्यालयले असुल गरेका हुन् ।

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post