सासू-ज्वाइँको अवैध सम्बन्ध लुकाउन वृद्धको हत्या

प्युठानको गौमुखी गाउँपालिका–५ मा घटेको एक सनसनीपूर्ण हत्याकाण्डमा प्रहरीले दुई जना आरोपितलाई सार्वजनिक गरेको छ। ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा पक्राउ परेका ५१ वर्षीय लोकबहादुर गिरी र ५० वर्षीया जेदुकुमारी न्यौपानेलाई आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। प्रहरी अनुसन्धानका अनुसार, लोकबहादुर आफ्नै सासू जेदुकुमारीका प्रेमी थिए। जेदुकुमारीका श्रीमान् रोजगारीका लागि भारतमा थिए भने छोराछोरी सबै विवाहित भएका कारण उनी घरमा एक्लै बस्दै आएकी थिइन्। यसैबीच, उनले चिन्तामणि उपाध्यायसँग प्रेम सम्बन्ध सुरु गरिन्। तर, चिन्तामणिसँग प्रेममा रहँदा नै उनले आफ्नै ज्वाइँ लोकबहादुरसँग पनि अवैध सम्बन्ध राखेकी थिइन्। एक वर्षअघि लोकबहादुर जेदुकुमारीको घरमा बसेका बेला चिन्तामणिले उनीहरूलाई रंगेहात समातेका थिए। त्यसपछि उनले ज्वाइँ-सासूलाई कोठामा थुनेका थिए। यही घटनाले उनीहरूबीचको सम्बन्धमा दरार पैदा गर्
यो र अन्ततः चिन्तामणिको हत्या योजनाको आधार बन्यो। प्रहरीका अनुसार, माघ १७ गते राति जेदुकुमारीले चिन्तामणिलाई बोलाइन्। योजना अनुरूप, लोकबहादुर र जेदुकुमारीले मिलेर ढुङ्गा र बन्दुकको बट प्रहार गरी उनको हत्या गरे। माघ १९ गते बिहान गौमुखी गाउँपालिका–५ स्थित कच्ची भित्री सडकमा चिन्तामणि उपाध्यायको शव टाउको, अनुहार, नाक र मुखमा गहिरो चोटसहित रगताम्मे अवस्थामा फेला परेको थियो। अनुसन्धानका क्रममा प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसी नेतृत्वको टोलीले घटनाको भित्री रहस्य पत्ता लगायो। घटनाको २४ घण्टा नबित्दै प्रहरीले जेदुकुमारीलाई आफ्नै घरबाट र लोकबहादुरलाई जङ्गलबाट पक्राउ गर्यो। उनीहरूबाट एक थान भरुवा बन्दुक, मोबाइल र नगद सात हजार रुपियाँ बरामद गरिएको छ। हत्या घटनाको पछाडि त्रिकोणात्मक सम्बन्ध, मदिरा सेवन, र पुरानो रिसइबी मुख्य कारण रहेको प्रहरी निष्कर्ष छ। दुवैले हत्या स्वीकार गरिसकेका छन् र कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको छ।

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post