आगनमा खेलिरहेका थिए २ वर्षीय रिहान एक्कासी चि*तुवाले लाग्यो, ५०० मीटर पर खेतमा भेटियो श/व

गए राती घरको आँगनमा खेली रहेका दुई वर्षीय वालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको छ । मधुवन नगरपालिका वडा न ७ भाट चोकमा शनिवार साँझ करिब आठ बजेको समयमा आँगनमा खेलिरहेको बच्चालाई चितुवाले आक्रमण गरेको थियो ।

चितुवाको आक्रमणबाट राप्तीसोनारी गाउँपालिका ५ बस्ने रिहान चलाउनेको मृत्यु भएको हो । रिहानको आमा रचना चलाउने सानीआमाको घरमा छोरा लिएर आएकी थिइन् । चितुवाले आक्रमण गर्दा बालकको घाँटी र टाउकोको पछाडिको भागमा घाउ भएको प्रहरीले जनाएको छ । साँझ करिब ८ बजे आँगनमा खेलिरहेको बालक एक्कासि हराएपछि घरपरिवारले हारगुहार गरेका थिए । स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घर देखि पाँच सय मिटर दक्षिण पूर्व खेतमा ९ः१५ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गत माघ २५ गते सोही स्थानमा चितुवाले आक्रमण गर्दा ५१ वर्षीय जुनाकुमारी लामिछानेको मृत्यु भएको थियो ।
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 22, 2025 Rating: 5

No comments

Videos