भद्रपुर झापा गोल्डकपः भुटानको डागा युनाइटेड सेमिफाइनलमा प्रवेश

 भद्रपुर (झापा), १३ फागुनः भुटानको डागा युनाइटेड एफसी दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै गोल्डकपमा सेमिफाइनलकाे समीकरण पूरा भएको हो ।


मेची रङ्गशालामा सोमबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा विभागीय टोली एपिएफलाई ३–२ गोल अन्तरले पराजित गर्दै डागा युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो । डागा युनाइटेडले फाइनल प्रवेशका लागि झापा–११ सँग खेल्नेछ ।

डागा युनाइटेडका लागि खेलको ३४औँ मिनटमा लाक्पा पाख्रिनले गोल गर्दै अग्रता दिलाएका हुन् । खेलको ३६औँ मिनटमा सोही टोलीका हेमराज भुजेलले ३६औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । दबाबमा रहेको एपिएफ पहिलो हापमा २–० ले पछि परेको थियो ।

खेलको ५९औँ मिनटमा एपिएफका दिपेश धिमालले एक गोल फर्काउँदै टोलीलाई २–१ को स्थितिमा पु¥याएका थिए । खेलको ६३ औँ मिनटमा दागा युनाइटेडका भुजेलले दोस्रो गोल गर्दै ३–१ को अग्रता बनाएका हुन् । खेलको इञ्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै एपिएफका सुमन श्रेष्ठले गोल गर्दै टोलीलाई ३–२ को स्थितिमा पु¥याएका थिए ।

दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसकेपछि जारी गोल्डकपबाट विभागीय टोली बाहिरिएको छ । मङ्गलबार पहिलो सेमिफाइनलका खेल आयोजक भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख र उपविजेता टोलीले नगद रु सात लाख प्राप्त गर्नेछन् ।

भद्रपुर झापा गोल्डकपः भुटानको डागा युनाइटेड सेमिफाइनलमा प्रवेश भद्रपुर झापा गोल्डकपः भुटानको डागा युनाइटेड सेमिफाइनलमा प्रवेश Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 28, 2025 Rating: 5

No comments

Videos