निर्मल क्षेत्रिको ‘कुटु कुटु मुटु खाइरहन्छ’ गीत सार्वजनिकसँगै चर्चामा

 काठमाडौं – पछिल्लो समय नेपाली गीत-संगीतको बजारमा नयाँ सिर्जनाहरू आउने क्रम तीव्र भइरहेको छ। यसै क्रममा, मोडल तथा संगीतकार निर्मल क्षेत्रिको ‘कुटु कुटु मुटु खाइरहन्छ’ सार्वजनिक भएसँगै चर्चा बटुल्न सफल भएको छ। गीतले छोटो समयमा नै दर्शकहरूको मन जित्दै युट्युब मा उल्लेखनीय भ्यु सङ्कलन गर्न सफल भएको छ भने टिकटोक मा समेत व्यापक रूपमा ट्रेन्डिङ भएको छ।


गीतका शब्द नेत्र अर्याल ले लेखेका छन् भने संगीत स्वयं निर्मल क्षेत्रि को रहेको छ। यो प्रेमभावले भरिएको गीतमा चर्चित गायक  स्वरूपराज आचार्य  र मेलिना राई ले स्वर भरेका छन्। संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ एच बी एन किस्मत ले गरेका हुन्। गीतको रेकर्डिङ वन डि बी एचडी स्टुडियो मा गरिएको हो।

गीतको भिडियो पनि उत्तिकै आकर्षक रहेको छ। भिडियो निर्देशन जेरी भण्डारी ले गरेका छन् भने प्रियंका कार्की र निर्मल क्षेत्रि को अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन नवराज उप्रेती ले गरेका हुन् भने सम्पादन मिलन विश्वकर्मा ले गरेका छन्।

गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतालाबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। संगीतप्रेमीहरू ले गीतको लय, शब्द तथा भिडियोको कलात्मक पक्षलाई मन पराएका छन्। टिकटक प्रयोगकर्ताहरूले पनि गीतका विभिन्न अंशहरूमा क्रिएटिभ भिडियो बनाएर पोस्ट गरिरहेका छन्, जसले गर्दा गीत थप भाइरल बन्न पुगेको छ।

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post