निर्मल क्षेत्रिको ‘कुटु कुटु मुटु खाइरहन्छ’ गीत सार्वजनिकसँगै चर्चामा

 काठमाडौं – पछिल्लो समय नेपाली गीत-संगीतको बजारमा नयाँ सिर्जनाहरू आउने क्रम तीव्र भइरहेको छ। यसै क्रममा, मोडल तथा संगीतकार निर्मल क्षेत्रिको ‘कुटु कुटु मुटु खाइरहन्छ’ सार्वजनिक भएसँगै चर्चा बटुल्न सफल भएको छ। गीतले छोटो समयमा नै दर्शकहरूको मन जित्दै युट्युब मा उल्लेखनीय भ्यु सङ्कलन गर्न सफल भएको छ भने टिकटोक मा समेत व्यापक रूपमा ट्रेन्डिङ भएको छ।


गीतका शब्द नेत्र अर्याल ले लेखेका छन् भने संगीत स्वयं निर्मल क्षेत्रि को रहेको छ। यो प्रेमभावले भरिएको गीतमा चर्चित गायक  स्वरूपराज आचार्य  र मेलिना राई ले स्वर भरेका छन्। संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ एच बी एन किस्मत ले गरेका हुन्। गीतको रेकर्डिङ वन डि बी एचडी स्टुडियो मा गरिएको हो।

गीतको भिडियो पनि उत्तिकै आकर्षक रहेको छ। भिडियो निर्देशन जेरी भण्डारी ले गरेका छन् भने प्रियंका कार्की र निर्मल क्षेत्रि को अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन नवराज उप्रेती ले गरेका हुन् भने सम्पादन मिलन विश्वकर्मा ले गरेका छन्।

गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतालाबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। संगीतप्रेमीहरू ले गीतको लय, शब्द तथा भिडियोको कलात्मक पक्षलाई मन पराएका छन्। टिकटक प्रयोगकर्ताहरूले पनि गीतका विभिन्न अंशहरूमा क्रिएटिभ भिडियो बनाएर पोस्ट गरिरहेका छन्, जसले गर्दा गीत थप भाइरल बन्न पुगेको छ।

निर्मल क्षेत्रिको ‘कुटु कुटु मुटु खाइरहन्छ’ गीत सार्वजनिकसँगै चर्चामा निर्मल क्षेत्रिको ‘कुटु कुटु मुटु खाइरहन्छ’ गीत सार्वजनिकसँगै चर्चामा Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 28, 2025 Rating: 5

No comments

Videos