लमजुङमा एउटा बिश्व कै अत्यन्तै दुर्लभ र अनौठो चिकित्सा केसको सफल उपचार!
लमजुङमा एउटा बिश्व कै अत्यन्तै दुर्लभ र अनौठो चिकित्सा केसको सफल उपचार!
केही समय अघि करिब ३५ वर्षीय एक पुरुष बिरामी "केही गुलियो कुरा खाएपछि अचानक घाँटी अत्यधिक दुख्यो" भन्ने समस्या लिएर अस्पताल आउनुभयो।
शुरुमा एक्सरे (X-ray) गरेर हेर्दा केही पनि देखिएन, तर बिरामीलाई भइरहेको असाध्यै दुखाई र अप्ठ्यारोलाई मध्यनजर गर्दै सर्जरी बिभाग (डा बिबेक डा नारायण र मैलेतुरुन्तै) इन्डोस्कोपी (Endoscopy) गरेर हेर्ने निर्णय गर्यौँ।
इन्डोस्कोपी गर्दा दृश्य देखेर हामी सम्पूर्ण मेडिकल टिम नै चकित पर्यौँ—बिरामीको श्वासप्रश्वास र खाना खाने नलीको बीचमा रहेको 'Aryepiglottic Fold' मा एउटा जिउँदो रातो कमिला टोकेर बलियोसँग अड्किइरहेको थियो!
घाँटीको संवेदनशीलतालाई ध्यानमा राख्दै अति सावधानीपूर्वक कमिला निकाल्ने प्रयास गरियो। कमिलाले टोकेर यति बलियोसँग समातेको थियो कि ज्यानमा समातेर तान्दा जिउ मात्र आयो र टाउको घाँटीमै अड्किरह्यो। लगत्तै दोस्रो प्रयासमा थप सावधानी अपनाएर बाँकी रहेको टाउको पनि सफलतापूर्वक निकालियो।
समयमै सही निर्णय र इन्डोस्कोपी प्रविधिको प्रयोगले गर्दा सम्भावित ठूलो जोखिमबाट बिरामीलाई जोगाउन सफल भयौँ।
त्यसैले खानपिन गर्दा सधैँ विशेष सावधानी अपनाऔँ!
अहोरात्र बिरामीको सेवामा समर्पित— लमजुङ अस्पताल टिम
Source: Shishir Devkota
#lamjunghospital #smartnepal
लमजुङमा एउटा बिश्व कै अत्यन्तै दुर्लभ र अनौठो चिकित्सा केसको सफल उपचार!
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
August 22, 2026
Rating:

No comments