‘यहाँ कोही एक्लो छैन’ भन्दै मनीष झाले दिए बालेनलाई जवाफ

‘यहाँ कोही एक्लो छैन’ भन्दै मनीष झाले दिए बालेनलाई जवाफ
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत “कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो चोटि होइन” भन्दै आफूलाई धैर्य गर्न आग्रह गरेका बेला सांसद मनीष झाले भने सरकारलाई एक्लो नठान्न, तर सुधार गर्नुपर्ने पक्षमा सजग रहनुपर्ने बताएका छन्। प्रधानमन्त्री शाहले लेखेका थिए— “केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।” त्यसको जवाफमा सांसद झाले फेसबुकमार्फत सरकारको साथमा आफू रहेको स्पष्ट गर्दै लेखे— “परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्।” तर मनीष झाको ‘साथ’सँगै सजग गराउने चेतावनी पनि छ। उनले ऐतिहासिक अवसर खेर जान नदिन निरन्तर खबरदारी गर्ने बताउँदै भनेका छन्— “जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन।” रोचक पक्ष के छ भने, झाले यसअघि संसद् बैठकमै सरकारको नियतमा खोट नभए पनि काम गर्ने ढंगमा सुधार आवश्यक रहेको संकेत गरेका थिए। उनले राज्यको प्राथमिकता र व्यवहारमा देखिएको असन्तुलनबारे प्रश्न उठाउँदै विमानस्थलबाट ‘ब्लु लेबल’ र ल्यापटप सहजै ल्याउन सकिने तर नेपाल–भारत भन्सारमा २५ रुपैयाँको चिप्ससमेत खोसिने अवस्था किन? भन्दै प्रश्न गरेका थिए। झाको तर्क थियो— कर र नियमको नाममा धनी र गरिबबीच समान व्यवहार नदेखिएपछि परिवर्तनको अनुभूति जनताले कसरी गर्ने? यसरी हेर्दा प्रधानमन्त्रीको सन्देशमा “एक्लै लड्नुपर्छ” भन्ने भाव छ भने, झाको जवाफमा “एक्लो छैनौं, तर खबरदारी चाहिँ गर्छौं” भन्ने सन्देश देखिन्छ। सरकारलाई समर्थन पनि, सरकारमाथि प्रश्न पनि। सायद यही हो नयाँ राजनीतिको नयाँ समीकरण— “साथमा छौँ, तर आँखामा पट्टी बाँधेर होइन।” 😏 #Balenshah #balen #ManishJha #smartnepal
‘यहाँ कोही एक्लो छैन’ भन्दै मनीष झाले दिए बालेनलाई जवाफ ‘यहाँ कोही एक्लो छैन’ भन्दै मनीष झाले दिए बालेनलाई जवाफ Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on August 08, 2026 Rating: 5

No comments

Videos