मिराज ढुंगानालाई लक्षित गर्दै गृहमन्त्री सुदन गुरुङको चेतावनी

मिराज ढुंगानालाई लक्षित गर्दै गृहमन्त्री सुदन गुरुङको चेतावनी
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले Gen-Z लिडर मिराज ढुंगानालाई लक्षित गर्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन्। उनले आन्दोलनमा सहभागी भएका व्यक्तिहरूको बलिदानमाथि राजनीति नगर्न आग्रह गर्दै आन्दोलनको इतिहास र योगदानका आधारमा नेतृत्वको मूल्याङ्कन हुनुपर्ने बताएका हुन्। गुरुङले भने, "म चेतावनी दिन चाहन्छु, हाम्रो रगत र हाम्रो बलिदानमाथि राजनीति नगर्नु। आन्दोलनमै आएका मानिसहरूलाई उमेर समूहमा पर्‍यो भन्दैमा चिनिँदैन। Gen-Z भनेको उमेर समूह मात्रै होइन, त्यो एउटा इरादा हो।" उनले Gen-Z परिभाषा उमेरले मात्र निर्धारण नहुने उल्लेख गर्दै व्यक्तिको नियत, देशप्रतिको माया, योगदान तथा आन्दोलनमा सक्रिय सहभागितालाई आधार मानिनुपर्ने धारणा राखे। "Gen-Z उमेरमा पर्‍यो भन्दैमा मात्रै हुँदैन। उसको नियत के छ, इरादा के छ, देशप्रतिको माया कस्तो छ, योगदान के छ र आन्दोलनमा थियो कि थिएन भन्ने पहिचान गरेर मात्रै मूल्याङ्कन गर्नुपर्छ," उनले भने। गुरुङले आफूले प्रतिनिधित्व गर्ने पुस्ता त्यही हो, जसले नयाँ परिवर्तनको पक्षमा खुलेर उभिन सक्ने साहस राख्ने दाबी पनि गरे। "म यो पुस्तालाई प्रतिनिधित्व गर्छु। म त्यहाँ बोल्दा नयाँको पक्षमा उभिन्छु भनेर ठाडो शिर लगाएर उभिन सक्ने मानिसहरू नै वास्तविक Gen-Z हुन्," उनले बताए। गुरुङको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। मिराज ढुंगानाको तर्फबाट भने यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन। #mirajdhungana #sudangurung #smartnepal
मिराज ढुंगानालाई लक्षित गर्दै गृहमन्त्री सुदन गुरुङको चेतावनी मिराज ढुंगानालाई लक्षित गर्दै गृहमन्त्री सुदन गुरुङको चेतावनी Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on August 07, 2026 Rating: 5

No comments

Videos