❤️ सानो उमेर तर ठूलो हृदय, खुत्रुके फुटाएर सहयोग गर्दै बाबु । 🙏

❤️ सानो उमेर तर ठूलो हृदय, खुत्रुके फुटाएर सहयोग गर्दै बाबु । 🙏
प्राकृतिक विपत्तिमा परेका आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूको पीडामा आफ्नो सानो प्रयासले भए पनि मलम लगाउनुपर्छ भन्ने सोच बोकेका यी भाइप्रति मनैदेखि सम्मान। 🙏❤️ आफ्नो खुत्रुके फुटाएर जम्मा भएको ४,११५ रुपैयाँ निकाल्दै, “यो पैसाले बाढीपीडितहरूलाई सहयोग गर्न चाहन्छु” भनेर आफ्नो सानो बचत सहयोग गरेका छन्। त्यो खुत्रुकेभित्रको पैसा सामान्य पैसा थिएन। कहिले आमाबुबाले दिएको १–१ रुपैयाँ, कहिले आफन्त र पाहुनाले मायाले दिएको पैसा… ती सबै रुपैयाँ उनले लोभ गरेर होइन, भविष्यका लागि सानो–सानो सपना बोकेर जम्मा गरेका थिए। तर आज आफ्नो सपना केही समयका लागि थाती राखेर अरूको पीडामा साथ दिने निर्णय गरे। 🥺❤️ बाबु, तिमीले दिएको रकम सानो होला, तर तिम्रो मन असाध्यै ठूलो छ। आज तिमीले ४,११५ रुपैयाँ मात्र दिएका होइनौ, मानवता, करुणा र सहयोगको ठूलो पाठ दिएका छौ। तिमीले खुत्रुकेमा १–१ रुपैयाँ जम्मा गर्दै गर्दा सायद कसैले सोचेको थिएन होला—एक दिन यही सानो बचतले कसैको दुःखमा थोरै भए पनि राहत बन्नेछ। बाबु, तिमी भविष्यमा ठूलो मान्छे बन्नू। ठूलो पदमा पुगेर मात्र होइन, आजजस्तै ठूलो मन भएको मान्छे बनेर। ❤️🙏 तिम्रो यो सानो सहयोगले धेरै ठूलो प्रेरणा दिएको छ। सलाम छ तिम्रो ठूलो मनलाई। 🇳🇵❤️ #flood #smartnepal #goviral
❤️ सानो उमेर तर ठूलो हृदय, खुत्रुके फुटाएर सहयोग गर्दै बाबु । 🙏 ❤️ सानो उमेर तर ठूलो हृदय, खुत्रुके फुटाएर सहयोग गर्दै बाबु । 🙏 Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on August 30, 2026 Rating: 5

No comments

Videos