“रामकृष्णलाई अपशब्द कहिले डिप्रेसनले गर्दा भने भन्छन्, कहिले झ्यापको तालमा भने भन्छन्” — केकज अनलाइन नेपालका सञ्चालक 😳

“रामकृष्णलाई अपशब्द कहिले डिप्रेसनले गर्दा भने भन्छन्, कहिले झ्यापको तालमा भने भन्छन्” — केकज अनलाइन नेपालका सञ्चालक 😳
“सरी सरी कति चोटि चाहिँ म सरी भनम्? कि म अब चिच्याउन पर्ने, रुनै पर्ने, घाँटीमा पा*सो लगाएर म*र्नै पर्ने होरा? होइन नि त। 😢 मसँग पनि मानवता थियो, मैले मानवताको आधारमा माफी मागिसकेको छु। हो मैले भने, मैले अलिक खाएको पनि थिएँ। वर्षभरि काम गरेर १ हप्ता छुट्टी हुन्छ यहाँ जापानमा। सबै झ्यापमा थिए, मैले पनि झ्यापको तालमा २/४ शब्द बढी बोलेँ, अपशब्द बोलेँ। 😔 नबोलेको भन्दिनँ म। मैले बोलेको हो, अपशब्दहरू बोलेँ। त्यसको लागि म क्षमा चाहन्छु। Really Really I am sorry 🙏 म एउटा गरिब परिवारको मान्छे हुँ। यहाँ श्रम गरिरहेको छु, काम गरिरहेको छु। हो, म हर्क साम्पाङ समर्थक हुँ। म त पछि बोलेको मान्छे हुँ क्या। मैले तुरुन्तै बोलेको होइन, धेरै जनाले विवाद निकालेपछि बोल्दिम न त भनेर बोलेको हो। 😕 फेरि बोल्दा खेरी म नै आएँछु टार्गेटमा। त्यत्रो त्यत्रो न्युज मिडियाले हाल्दा खेरी कोही आएनन्, म नै आएँछु टार्गेटमा, किन हो कसो हो I Don’t Know। 😞 तर पनि यो कुरा चाहिँ मैले गल्ती गरेको छु है। त्यही कारण मैले उहाँसँग क्षमा चाहेको, मैले realize गरेँ भनेर। 🙏 रामकृष्ण ढकाल सरसँग पनि मानवता त छ, उहाँले पनि फिल्टर गर्न सक्नुहुन्छ त्यो कुरा। एउटा गरिब परिवारको भाइले माफी मागिरहेको छ भने माफी दिनु पनि ठूलो कुरा हो भनेर उहाँले पनि बुझ्नुहुन्छ नि त। ❤️ त्यसैले मिडियाहरूले मलाई नकोटाइदिनुस् के। मैले त आफ्नो गल्ती realized गरिसकेको छु नि त। गल्ती realized गरेपछि पनि तपाईंहरूले कोट्याएको कोट्याएकै गर्नुहुन्छ भने मानवताहीन भयो के। Please 🙏” -Kekaj Online Nepal #ramkrishnadhakal #smartnepal #CyberBureau
“रामकृष्णलाई अपशब्द कहिले डिप्रेसनले गर्दा भने भन्छन्, कहिले झ्यापको तालमा भने भन्छन्” — केकज अनलाइन नेपालका सञ्चालक 😳 “रामकृष्णलाई अपशब्द कहिले डिप्रेसनले गर्दा भने भन्छन्, कहिले झ्यापको तालमा भने भन्छन्” — केकज अनलाइन नेपालका सञ्चालक 😳 Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on May 09, 2026 Rating: 5

No comments

Videos