गजलकार राहुल शंकरकृत गजलसङ्ग्रह ‘नयाँ अध्याय’ औपचारिक रूपमा लोकार्पण गरिएको छ। ‘द मार्जिन’ प्रकाशनद्वारा प्रकाशित उक्त कृतिको लोकार्पण सर्वनाम थिएटरको प्रेक्षालयमा सम्पन्न भयो। कार्यक्रममा लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे, गजलकार तथा गीतकार शितल कादम्बिनी, कृतिका लेखक राहुल शंकर र प्रकाशक निशेष आङ्देम्बेले संयुक्त रूपमा कृतिको विमोचन गरे।
वक्ताहरूले कृतिको साहित्यिक महत्वमाथि चर्चा गर्दै गजलकार शंकरका सिर्जनामा देशप्रेमको गहिरो भाव झल्किने बताए। कार्यक्रममा कवि तथा गजलकार बाबु त्रिपाठीको सहजीकरण रहेको थियो भने कवि प्रज्वल अधिकारी र गजलकार तथा कलाकार संगीता थापाले कृतिबाट गजल वाचन गरेका थिए।

